काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्रा. डा. दीपक महराले राजीनामा दिएका छन् । उनले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) का डीन डा. जगदीशप्रसाद अग्रवालसमक्ष राजीनामा बुझाएका हुन् ।
उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् । प्रा. डा. महराको चार वर्षे कार्यकाल करिब एक महिनाअघि नै सकिएको थियो ।
तर त्रि. वि कार्यकारी परिषद्ले भने अर्को व्यवस्था नभएसम्मका लागि भनेर उनको पदावधी तीन महिनाका लागि थप गरेको थियो ।