नेकपाका पोलिटब्यूरो सदस्य कार्की र धमलालाई पक्राउ गरी वेपत्ता पारियो

काठमाडौं, १२ साउन । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दुई जना पोलिटब्यूरो सदस्यलाई अपहरणको शैलीमा गिरफ्तार गरी वेपत्ता बनाएको छ । नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त र कृष्ण धमला गम्भीरलाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरेको हो । सार्वजनिक बसमा चढेर काठमाडौं आउँदै गरेका कार्की र धमलालाई प्रहरीले नागढुंगामा बसबाट झारेर लगेको थियो । […]

कुरिनटारमा बस दुर्घटनामा परी ७ जनाको मृत्यु, २५ घाइते, त्रिशुली नदीकिनारमा खस्यो बस

चितवन, ११ साउन । पृथ्वीराजमार्गकाे कुरिनटार नजिक यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे छ भने २५ जना घाइते भएका छन् । काठमाडाैंबाट पाेखरातर्फ जाँदै गरेकाे बस कुरिनटारकाे चुम्लिङटारमा पुगेपछि एक ट्रकसँग ठक्कर खाएर त्रिशुली नदी किनारमा खसेर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा ना ६ ख २५०६ नम्बरको बस परेकाे प्रहरीले जनाएकाे छ । […]

ब्राजिलले टिटेको प्रशिक्षण अझै कायम राख्ने, २०२२ को विश्वकपको तयारीमा टिटे

एजेन्सी । ब्राजिलियन प्रशिक्षक टिटेले सन् २०२२ सम्म ब्राजिलको टोली सम्हाल्ने भएका छन् । प्रशिक्षक टिटेले बुधबार राति ब्राजिल फुटबल कन्फेडरेशनसंगको सम्झौतामा नवीकरण गरेका छन् । ५७ बर्षे प्रशिक्षक टिटेले पाँच पटकको विश्वकप बिजेता ब्राजिलसंग थप ४ बर्षको लागि सम्झौता पत्रमा नवीकरण गरेका हुन् । नयाँ सम्झौतासंगै टिटेले कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपमा […]

युरोपमा नेपाली क्रिकेट टोलीको फराकिलो जित

काठमाडाैं, १० साउन । नेपाली क्रिकेट टाेलीले यूरोप भम्रणको अन्तिम अभ्यास खेलमा नेपालले फराकिलो जित हात पारेको छ । कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेसँगै नेपालले इस्ट लण्डन शार्कलार्इ पराजित गरेकाे हाे । बिहीबार भएको टी-२० खेलमा नेपालले इस्ट लण्डन शार्कलाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित […]

गोविन्द केसी सामु अन्ततः झुक्यो सरकार, ९ बुँदे सहमति, केसीको अनसन तोडियो

काठमाडाै, १० साउन । २७ दिनदेखि अनसन बसेका डा. गाेविन्द केसी पक्षीय टाेली र सरकारी वार्ता टाेलीबीच ९ बुँदे सहमति भएकाे छ । अन्तत: सरकार झुकेर गाेविन्द केसीका सबै माग पूरा गर्न सहमत भएपछि सहमति जुटेकाे हाे । दुबै टाेलीले ९ बुँदे सहमति पत्रमा हस्तान्तर गरेसँगै डा. केसीले भाेक हडताल समेत अन्त्य गरेका छन् । चिकित्सा […]

सुन तस्कर गोरे गिरोहका नार्इके दुबर्इमा परे पक्राउ

काठमाडौं, १० साउन । सुन तस्करीमा केही समय अगाडि पक्राउ परेर जेल जीवन बितार्इरहेका चुडामढी उप्रेती गाेरे गिराेहका अर्का नार्इके पक्राउ परेका छन् । गाेरेका समेत नाइके मानिएका बिनु श्रेष्ठ नामका सुन तस्कर संयुक्त अरब इमिरेटसको दुबईमा पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । बेनु दुवर्इमा बसेर भकाभक सुन नेपालमा पठाउँदै अाएका थिए । उनले नै […]

शुक्रबार दुर्लभ खगोलीय घटना, यस शताब्दीकै लामो चन्द्रग्रहण

काठमाडाैं । शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण लाग्ने भएकाे छ। अंग्रेजी पात्रोअनुसार यो २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुनेछ। यसलार्इ दर्लभ खगाेलीय घटना मानिएकाे छ । नेपालबाट यसलार्इ प्रष्ट रुपमा देख्न सकिने बताइएकाे छ । चन्द्रग्रहणको खग्रास समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा […]

सरकार गरेका निर्णयबाट भकाभक पछि हट्दै, इन्टरनेटमा शुल्क बढाउने निर्णय फिर्ता

काठमाडौं, १० साउन । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाइएको समितिले साउन १ गतेदेखि इन्टरनेटमा बढाइएको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको समितिको बैठकमा इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने सञ्चार मन्त्रालयको आयोजना अनुसार मूल्य समायोजन गर्ने सहमति भएको समितिका सदस्य तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले नेपालखबरलाई जानकारी दिए। समितिको आजको बैठकले अब असार […]

फ्रान्सबाट अाइपुग्याे निगमकाे अर्काे वाइडवडी जहाज

काठमाडाैं, १० साउन । नेपाल वायु सेवा निगमको अर्काे वाइड बडी विमान काठमाडाैं अाइपुगेकाे छ । यसअघि पनि अन्नपूर्ण नाम दिइएकाे वाइडवडी जहाज ल्याइएकाे थियाे । बिहीबार काठमाडाै विमानस्थलमा अवतरण गराइएकाे जहाजकाे नाम मकालु राखिएकाे छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले दोस्रो वाइड बडी जहाज भित्र्याएकाे हाे । बिहीबार बिहान ९ बजे त्रिभुवन […]

मंगल ग्रहमा पानीको ताल भेटियो, जीवनको सम्भावना

काठमाडाैं । अनुसन्धानकर्ताले मंगल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण भेट्टाएका छन् । दक्षिणी ध्रुबको हिउँले भरिएको क्षेत्रमा तरल अवस्थामा रहेको पानीको ताल भएको प्रमण आफूहरुले फेला पारेको अनुसन्धानकर्ताले बताएका छन् । सतहमा हिउँ रहेको र त्यसको एक किलोमिटर तल पानी तरल अवस्था रहेको वैज्ञानिकको भनाई छ । यसअघिका अनुसन्धानमा मंगल ग्रहमा कुनै बेला पानी […]