के सिके राउतसँग प्रधानमन्त्री ओली झुकेकै हुन् ? आखिर गल्ती कसको ?

११ वुँदे सहमतिमा सरकार चुक्यो भन्दै एकाथरी वौद्दिकहरूले चन्द्रकान्तका लागि भाङको घट्टा घोल्दै छन् । चन्द्रकान्त उर्फ सिके राउत त्यसलाई तुनतुन तुन्क्याउँदै छन् । नशाकै शुरमा फ्री मधेशको व्यानर देखाउँदै दीपावली मनाईरहेका छन् । ११ वुँदेले उनको मागलाई वैधानिक हैसियत प्राप्त भएको दावी गरिरहेका छन् । उनले त आफ्नो पक्षमा अर्थ्याउने नैं भए । त्यो […]

सरकारका अधिकां‌श मन्त्री फेर्ने कसरतमा ओली र प्रचण्ड

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ । मंगलबार बिहान वालुवाटारमा भएको भेटमा उनीहरुबीच मन्त्रिहरुकाे हेरफेर गर्नेबारे छलफल भएकाे हाे । मन्त्रिपरिषद् पुनर्गठनका विषययमा आफूहरुबीच छलफल भएकाे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुष्टि गरेका छन् । आजै विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग […]

२ महीनामा २ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

Tourism-Nepal

काठमाडौँ, २८ फागुन । सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा […]

किम जोङ उनका सौतिनी दाइलाई विषालु पदार्थ दलेर हत्या गर्ने आरोपी थुनामुक्त

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा थुनामा रहेकी इन्डोनेसियाकी एक महिलालाई सोमबार रिहा गरिएको छ । इन्डोनेसियाकी नागरिक सिती अल्स्यानविरुद्ध दर्ता गरिएको मुद्दा फिर्ता भएकाले मलेसियाबाट उनलाई रिहा गरिएको अधिकारीहरूले जनाएका छन् । सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा “भीएक्स नर्भ […]

नवनिर्वाचित मलेसियाली राजाले गरे संसदमा पहिलो सम्बोधन

एजेन्सी । मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले सोमबार पहिलो पटक संसदमा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा राष्ट्रिय एकताका लागि दलहरूलाई आह्वान गरेको समाचारमा जनाइएको छ । गत जनवरीमा देशको १६औँ राजाका रूपमा राज्याभिषेक गरेका अब्दुल्लाहले बहुसांस्कृतिक र बहुजातीय पक्षलाई विषेश महत्व दिन पनि आग्रह गरेका छन् । “बहुजातीय जनसङ्ख्या भएको […]

सिनाइ टापुमा गोली हानाहान हुँदा ४६ जनाको मृत्यु

एजेन्सी । इजिप्टको सिनाई टापूमा भएको गोली हानाहानका क्रममा कम्तीमा ४६ जना लडाकू मारिएका छन् । अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकू मारिएका हुन् । भिडन्तका क्रममा तीन जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरूले जनाएका छन् । “आतङ्कवादीविरुद्धको सुरक्षा कारबाहीका क्रममा आतङ्कवादीहरूको त्रास रहेको उत्तरी तथा मध्य सिनाईमा भएको भीडन्तमा ४७ […]

आस्थाको अजम्बरी धराहरा ढल्दैन कमरेड

बादलको हलचलले पत्थर गल्दैन कमरेड उखान टुक्काको भरमा देश चल्दैन कमरेड दुई-चार दिनको रमझममा रमाएर के गर्नु बनमारा रोपेपछि सुन्तला फल्दैन कमरेड बाध्यताको चौतारीमा सन्नटा छाए पनि मसान छेउमा शान्तिको दियो बल्दैन कमरेड आवेग र उत्तेजनाले मात्रै के पो हुन्छ र तातोपानीले कहिल्यै घर जल्दैन कमरेड चाहे धम्की बर्षियोस या त दमन दन्कियोस आस्थाको अजम्बरी […]

विप्लवको सत्तोसराप र सिकेसँग प्रचण्डको तुलनाभित्र लुकेका यथार्थ

नेपालको तराईभूमीलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको सहमतिले राजनीतिक रंगमञ्चमा विविध बहस सिर्जना भएको छ । सो पार्टी र सरकारको नेतृत्व गरिरहेको नेताका निरन्तरका कटुवाणी र परस्पर अन्तरविरोधी व्यवहारले बहसको आगोमा अझ घिउ थपेको छ । सिके राउतसँगको सहमतिलाई प्रधानमन्त्री केपी […]

कांग्रेसमा गुटउपगुट सभापति बाहेक अरुले बनाउन मिल्ने गगन थापाको भनाई

काठमाडौँ, २७ फागुन । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । संघीय प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भने, “पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुटउपगुट बनाउन मिल्छ, तर सभापति हुुँदा पनि गुठ बनाउनु विधान विपरित हुन्छ, त्यसैले त्यसको अन्त्य गरिनुपर्छ ।” देउवा सभापति नभएको भए […]

व्यापारी अपहरण गर्न कुटपिट गरी टाउको फुटाइयो, प्रहरीसँग जम्काभेट भएपछि भागे अपहरणकारी

सप्तरी, २७ फागुन । सप्तरीमा एक व्यापारीलाई अज्ञात समूहले अपहरण गर्न कुटपिट गरी टाउको फुटाएका छन् । सप्तरीको डाकनेश्वरी नगरपालिका–१ घर भई बोदे बसाइन–५ मा कपडा पसल सञ्चालन गरी बसेका ३२ वर्षीय मो. जियाउल हकलाई बाटोबाटै अपहरण गर्न खोज्ने समूहले उनलाई आक्रमण गरी घाइते बनाएको हो । अपहरणकारी समूहले उनलाई बाटोमा समातेर कुटपिट गरेको र […]