विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक पारित

काठमाडौँ, ४ चैत । प्रतिनिधिसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त विधेयक पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो । यसअघि मन्त्री यादवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफल […]

झलनाथ खनालले ल्याए खनालले ल्याए दोस्रो गीति एल्बम

काठमाडौँ, ४ चैत । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको विकास, समृद्धि र राष्ट्रियतासम्बन्धी गीति एल्बम बजारमा आउने भएको छ । उनको दोस्रो गीति एल्बम ‘परिवर्तनका स्वरहरू भाग २’ मिलन तिमल्सिनाको सङ्गीत र विभिन्न गायकगायिकाको स्वरमा यही चैत ९ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट सार्वजनिक हुने जनसांस्कृतिक महासङ्घले […]

महिला टी–२० क्रिकेट लिगका टोली घोषणा

काठमाडौँ, ४ चैत । नेपालमा हुन लागेको पहिलो महिला टी–२० क्रिकेट लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक एनसिएल स्पोर्टस प्रालिले यहाँ पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने जनाएको हो । पहिलो संस्करणमा भैरहवा क्विन्स, विराटनगर लायन्स, काठमाडाँैं सुपर च्याम्पियन, धनगढी वन्डरले प्रतिस्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा चार टोलीको […]

रेल दुर्घटनामा परी ३० जनाको मृत्यु

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको मालबाहक रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको यहाँका अधिकारीले सोमबार जनाएका छन् । केसाइको प्रहरी स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार आइतबार मालबाहक रेल लिकबाहिर गएपछि भएको दुर्घटनामा यसमा यात्रा गरिरहेका ३० यात्रुको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घाइते सबै […]

जापानको निर्यातमा निरन्तर गिरावट

एजेन्सी । जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ । कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०१९ का लागि निर्धारण गरेको आर्थिक […]

मिशन र तिनाउ डेभलपमेन्ट बैंक गाभिने

काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्न सरकारले गरेको सहजीकरणलाई पछ्याउँदै मिसन डेभलपमेन्ट बैंक र तिनाउ डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन् । नेपालको वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाको तीव्र प्रतिस्पर्धा भइरहेको अवस्थामा आफ्नो पहिचानसहित उभिन ती दुई विकास बैंकले एक आपसमा गाभिने निर्णय गरी सो को जानकारी आज […]

कर्णाली प्रदेशमा बाँके र बर्दियालाई समाहित गर्न थालियो बहस

सुर्खेत, ४ चैत । प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको बताए । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शीर्ष नेताहरूको सर्मथनबिना […]

वर्षकै सुपरहिट लोकदोहोरी गीत (भिडियो)

काठमान्डाै । ब्लोसम म्युजिक प्रालिको प्रस्तुतीमा गायक मनोज थापा, सुरेश बैजु र गायिका विन्दा सुन्दासको आवाजमा सजिएको लोकदोहोरी एल्बम ‘गंगा र जमुना’ गीतको भिडियो बजारमा आएको छ । गीतमा युवा युवती विचको प्रेमको कुरालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आफुले निकै मन पराएको तर परिवारको सदस्यबाट मञ्जुरी नभएको अवस्थाको प्रेमको प्रसङगलाई गीतमा समेटिएको […]