राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार अलपत्र

काठमाडौँ । राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार प्रयोगविहीन अवस्थामा छन् । तर सरकारले विदेशी राष्ट्र प्रमुख आउँदा ठूलो रकम खर्चेर बुलेट प्रुफ कार भाडामा लिँदै आएको छ । राजपरिवारका सदस्यले प्रयोग गरेका ११ भीभीआईपी बुलेट प्रुप कार प्रयोगमा आएका छैनन् । यसमध्ये एउटा मात्रै चालू अवस्थामा छ । त्यसलाई उपराष्ट्रपति नन्दबहादुर पुनले प्रयोग […]

सोलु जान नसकेर डाइभर्ट भएको तारा एयरको जहाज ठूलो दुर्घटनाबाट जोगियो, घाँसेमैदानमा धस्सियो

काठमाडौँ । तारा एयरको जहाज ठूलाे दुर्घटनाबाट जाेगिएकाे छ । साेमवार माैसम निकै खराब भएपछि डाइभर्ट गरेर रामेछापकाे मन्थली पुगेकाे जहाज अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेकाे हाे । तारा एयरकाे ड्रोनियर जहाज काठमाडाैंबाट साेलुखुम्बुकाे फाप्लुका लागि उडेकाे थियाे । तर मौसम खराब भएपछि मन्थली डाइभर्ट गरिएको हाे । बिहान करिब ९ः३८ मा डाइभर्ट भइ […]

पार्टीमा गुट हावी भएको भन्दै योगेश भट्टराई आक्रोशित

काठमाडौं, ९ बैशाख । नेकपाका युवा नेता योगेश भटट्राईले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि जनाएका छन् । सोमबार घोषणा गरिएको नेकपाका ७७ वटा जिल्ला कमिटीका अध्यक्ष र सचिवको छनोटमा स्पष्ट मापदण्ड नअप्नाइएको भन्दै गुटका आधारमा चयन गरिएको बताए । ‘जिल्ला कमिटी घोषणा गर्नु सकारात्मक र स्वागतयोग्य कुरा हो । तर, त्यसमा अपनाइएको विधि र प्रकृया […]

हिमाल आरोहणबाटै उठ्यो ४८ करोड बढी रोयल्टी, यसवर्ष अत्यधिक पर्यटक

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म हिमाल आरोहण अनुमति लिने आरोही समूहको सङ्ख्या ९३ पुगेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि […]

इरानबाट तेल किन्ने राष्ट्रमाथि प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

सीएनएन । ट्रम्प प्रशासनले इरानबाट तेल किननिरहेका सबै राष्ट्रमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ह्वाइट हाउसले जारी गरेको एक वक्तव्यमा भनिएको छ, ‘इरानबनट तेल आयात गरिरहेका राष्ट्र विरूद्वको छुट जारी नराख्ने राष्ट्रपति डोनाल्ड ट्रम्मले निर्णय गर्दै छन् ।’ उक्त छुट मेको सुरूमा सकिदैं ।छ । ‘निर्णयको उद्देश्य तेल निर्यातलाई शून्यमा झारेर इरानलाई उसको आयको […]

घरका सबैलाई बाँधेर मुखमा टेप टाँसी राजधानीमा दिउसै फिल्मी शैलीमा लुटपाट

काठमाडौं, ८ बैशाख । काठमाडौं महानगरपालिका–२९ रानीबारीमा दिउँसै लुटपाट गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न भएको आरोपमा ३ जनालाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-८ मातातीर्थका ३८ वर्षीय नवराज तामाङ, चन्द्रागिरी-८ मातातीर्थकै ३६ वर्षीय विक्रम श्रेष्ठ र नुवाकोटको बेलकोटगढी नगरपालिका-४ कथुरानी घर भई […]

श्रीलंका चर्च र हाेटेलमा भएकाे भयानक विस्फोटमा परी २०७ को मृत्यु

काठमाडाै । श्रीलंकामा आइतबार बिहान र दिउँसो भएको शृङ्खलाबद्ध विस्फोटमा परी ३५ विदेशीसहित २ सय ७ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार क्याथोलिक चर्च र विभिन्न होटलमा गरी कम्तीमा ८ वटा शक्तिशाली विस्फोट भएका छन् र कम्तीमा पनि ४ सय ५० जना घाइते भएका छन् । समाचारमा जनाइएअनुसार अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय […]

वर्ल्ड ट्रेड सेन्टरमा नेपाल-चीन शैक्षिक मेला सुरु

काठमाडाैं । दुई मुलुकबीचको शैक्षिक तथा भाषिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यले नेपाल-चीन शैक्षिक मेला आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सुरु भएको छ । मेला उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले दुई मुलुकबीच जनस्तरमा देखिएको भाषिक समस्या समाधान गर्न यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । मेलाले नेपाल–चीनबीचको सम्बन्धलाई झनै प्रगाढ बनाउन पनि सहयोग पुग्ने […]

प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको भन्दै सरकारले लगायो एक युवकमाथि यस्तो मुद्दा

बुटवल। बुटवलस्थित जितगढी किल्लामा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरेलाई प्रहरीले मुद्दा चलाएको छ । दुई सय वर्षअगाडि तत्कालीन अंग्रेजलाई पराजित गरेको अवसरमा शनिबार मनाएको जितगढी विजय उत्सव समारोहमा प्रधानमन्त्री ओलीलाई घिमिरेले कालो झण्डा देखाएका थिए । शनिबार पक्राउ परेका घिमिरेलाई आइतबार म्याद थप गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय […]

सामाजिक सुरक्षा भत्तामा चरम अनियमितता, मृत्यु भइसकेकाकाे नाममा भत्ता निकाल्ने क्रम छुटेन

काठमाडाैं । सरकारले दिने सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको पाइएको छ । स्थानीय तहले नाम नभएका, मृत्यु भइसकेका तथा कुनै विवरण नभएकालाई समेत सामाजिक सुरक्षा भत्ता दिने गरेको पाइएको हो । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको मूल अभिलेख नभएको, भरपाई परीक्षण गर्दा नाम नभएको, सङ्ख्या नमिलेको तथा, मृत्यु तथा […]