प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको भन्दै सरकारले लगायो एक युवकमाथि यस्तो मुद्दा

बुटवल। बुटवलस्थित जितगढी किल्लामा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरेलाई प्रहरीले मुद्दा चलाएको छ । दुई सय वर्षअगाडि तत्कालीन अंग्रेजलाई पराजित गरेको अवसरमा शनिबार मनाएको जितगढी विजय उत्सव समारोहमा प्रधानमन्त्री ओलीलाई घिमिरेले कालो झण्डा देखाएका थिए ।

शनिबार पक्राउ परेका घिमिरेलाई आइतबार म्याद थप गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी डिलबहादुर मल्लले बताए । अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले अभद्र व्यवहारमा लागेको मुद्दामा कानुनले तोके बमोजिमको सजाय हुने बताए । प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा घिमिरेले कालो झण्डा देखाएका थिए । नेपाली सेनासहित पाँच तहका सुरक्षाकर्मीका बीच घिमिरेले कालो झण्डा देखाएका थिए ।

मेरो देश प्रणभन्दा प्यारो छ, उजिरसिंह जिन्दावाद भन्दै घिमिरेले कालो झण्डा देखाएका थिए । प्रधानमन्त्रीले कालो झण्डा देखेपछि सम्बोधनकै क्रममा कसैले केही भनेर पठाएको होला विचरा भनेका थिए ।

Loading...