काठमाडाैं । धादिङकाे बन्छेटारमा एक यात्रुवाहक बस राजमार्गबाट त्रिशुली नदीमा खसेकाे छ । अाज आइतबार बिहान यात्रुबस धादिङकाे गजुरी गाउँपालिका–६ बन्छेटारमा त्रिशुली नदीमा खसेको हो । प्रहरीका अनुसार उक्त बस झापाकाे काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको थियाे । प्रारम्भिक विवरण अनुसार तीन जनाको मृत्यु भएको खबर अाएकाे छ । ईलाका प्रहरी कार्यालय गजुरीले दुर्घटनास्थलमा उद्धार कार्य […]
Author: Nonstop Khabar
त्रिवि परीक्षा नियन्त्रण कार्यालयको यस्तोसम्म लापरवाही, मार्कसिटमा पटक–पटक तारा
काठमाडौं, ५ जेठ । मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् । त्यहाँ पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या […]
सर्लाहीमा स्कार्पियो जीपले लियो बाबुछोराकै ज्यान, चालक फरार
सर्लाही, ४ जेष्ठ । सर्लाहीको हरिपुर-४ हरैयामा स्कारपियो जीपको ठक्कर बाट एकै परिवारका बाबु र छोराको मृत्यु भएको छ । शनिवार साझ करिब पाँच बजेको समयमा नवलपुर मलंगवा सडक अन्तर्गत हरिपुर – ४ हरैयाचौक नजिक उक्त दुर्घटना भएको हो । नवलपुरबाट सर्लाहीको सदरमुकाम मलंगवातर्फ जाँदै गरेको बा १९च २५८८ नम्बरको स्कारपियो जीपको ठक्करबाट भैंसी चराउन […]
देउवाले नै गुट चलाएको कांग्रेस महामन्त्री कोइरालाको आरोप
काठमाडौ, ४ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समाजले शनिबार आयोजना गरेको ‘नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा जागरण अभियान’कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै १४औँ महाधिवेशन गराउन लाग्नुपर्ने बेला आएको बताए । “सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै […]
नेपालको प्रतिनिधित्व गर्दै प्रियंका फ्रान्समा हुने चलचित्र महोत्सवमा
काठमाडौ । नायिका प्रियंका कार्की फ्रान्समा हुने क्यानेस चलचित्र महोत्सवमा जाने भएकी छन्। विश्वभरका चलचित्र कर्मीहरुको महोत्सव मानिने क्यानेस चलचित्र महोत्सव – २०१९ मा नेपालकाे प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की फ्रान्समा जान लागेकी हुन्। मे महिनाको १४ तारिखदेखि २५ सम्म हुने महोत्सवमा विभिन्न क्षेत्रका चलचित्रहरु देखाएर प्रतिस्पर्धाहरु गरिन्छन्। क्यानेस चलचित्र महोत्सवमा विश्वभरका चलचित्रकर्मीहरु उपस्थित हुनेछन्। कार्यक्रम […]
एमए अन्तिम वर्षका विद्यार्थीले मृत्युको रहस्य बुझ्न भन्दै गरे आत्महत्या
काठमाडाैं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका एक छात्रले विश्वविद्यालयकै पुस्तकालयमा आत्महत्या गरेका छन् । नवभारत टाइम्सका अनुसार ती छात्रको शव पुस्तकालयको एक कोठामा पंखामा पासो लगाएको अवस्थामा भेटिएको हो । आत्महत्या गर्नु पहिले ती छात्रले विश्वविद्यालयका एक प्राध्यापकलाई इमेल गरेर आत्महत्याका बारेमा बताएका थिए । आत्महत्यका लागि उनले ल्याण्डलाइन टेलिफोनको तार प्रयोग गरेका हुन् । […]
भारतीय चरेस तस्कर छुटाउन सांसदलाई बन्धक बनाउने प्रयास, मध्यरातमा प्रहरीले गर्यो उद्धार
बाँके । बाँकेकाे प्रदेशसभा १ बाट निर्वाचित सांसद कृष्णा केसी (नमूना) लाई शुक्रबार उनकै निर्वाचन क्षेत्रमा बन्धक बनाउने प्रयास गरिएको छ । भारतीय सीमाको नरैनापुर गाउँपालिकाको कार्यालयमा केही नेपाली नागरिकसहित भारतीय नागरिकको घेराबन्दीमा परेकी बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य केसीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले सकुशल उद्धार गरेर राति दुई बजे […]
पूर्व–पश्चिम राजमार्गमा दुई बस ठोक्किएर भयानक दुर्घटना
हेटाैडा, ४ जेठ । पूर्व–पश्चिम राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। शनिबार काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नं को यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २०५७ नं को अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा […]
कुकुरले जमिनमुनि गाडिएको शिशुलाइ जीवितै उद्धार गर्यो
काठमाडाैं । थाइल्यान्डमा एक कुकुरले जमिनमुनि गाडिएको नवजात शिशुलाई जीवितै उद्धार गरेको छ। प्रहरीका अनुसार १५ वर्षिया किशोरीले आफ्नो गर्भवस्था लुकाउन भर्खर जन्माएको छोरा फालेका थिए। किशोरीले शिशुलाई जमिनमुनि गाडेकी थिइन्। बान नङ खान गाउँमा पिङ पङ नाम गरेको कुकुरले जब शिशुलाई जमिनमुनि भएको थाहा पायो। उसले जमीन खोतल्यो। कुकुरले शिशु जिवितै देखेपछि आफ्ना मालिकलाई […]
यसरी मनाइदैछ २५६३ औं बुद्ध जयन्ती
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज (शनिबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्। नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० […]










