मलेसियालाई ७ विकेटले सहजै पराजित गर्दै नेपाल एसीसी अन्डर-१९ पूर्वी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। दोश्रो सेमीफाइनलमा सिंगापुर र हंगकंगले प्रतिस्पर्धा गरिरहेका छन् जुन खेलको विजेतासंग नेपालले भोलि फाइनल खेल्नेछ। प्रतियोगिताको नेपाल डिफेन्डिङ च्याम्पियन समेत हो। सन् २०१७ मा नेपालले हंगकंगलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। खेलमा टस जितेर नेपालले बलिंग गरेपछि मलेसियाले पहिले […]
Author: Nonstop Khabar
एसइइमा कम ग्रेड पाएका लाखौ विद्यार्थीले थाहै नपाइ पाए राहत
भक्तपुर, २३ असार । माध्यमिक शिक्षा परीक्षा (एसइइ ) को ग्रेड वृद्धि सम्बन्धी सूचनामा संशोधन गरिएको छ । नियम कानुनको धज्जी उड़ाउने गरि सूचना प्रकाशित भएपछि उक्त सूचना विवादित बनेको थियो । लाखौ विद्यार्थीलाई प्रभावित पार्ने सूचना संशोधन भएको हो । अक्षराङ्कन पद्धतीको कार्यविधि र मर्म विपरित गत बुधवार राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षासम्बन्धी सूचना […]
“छोरी पनि तिनकै हो तर श्रीमान् भने सार्वजनिक रूपमा भन्न पाइँदैन, समाज नै यस्तो छ । ”
सिमकोट, २३ असार । अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै कायम छ । यो प्रथालाई ठिमाहा […]
दिनानाथ शर्माका अंगरक्षक सहित ६ जना कस्तुरीको बीना सहित पक्राउ
काठमाडौं, २३ असार । कस्तुरीको बिना कारोबारमा संलग्नको आरोपमा काठमाडौँबाट पूर्वमन्त्री एवं नेकपा नेता दीनानाथ शर्माका अंगरक्षक प्रहरीसहित छ जना पक्राउ परेका छन् । प्रहरी हबल्दार बमबहादुर चन्दसहित ६ जनालाई कस्तुरीको बिनासहित पक्राउ गरेको महानगरीय प्रहरी कर्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीले पुष्टि गरे । पक्राउ परेका अन्य व्यक्तिको पहिचान भने खुलाइएको छैन । पक्राउ परेका […]
बरहथवामा ग्यास चुहिँदा आगलागी
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ७ मा ग्यास सिलिण्डरबाट ग्यास लिकेज हुदाँ आगलागी भएको छ । खाना बनाउन राखिएको ग्यास सिलिन्डरको पाईपबाट ग्यास लिकेज भएपछि उक्त आगलागी भएको हो । आइतवार ग्यास लिकेज भएर बरहथवा- ७ का मनोज दासको घरमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । खाना […]
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या, हत्या आशंकामा पत्नी पक्राउ ।
सर्लाही । सर्लाही जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा शनिवार साझ धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकमा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर लामीदमार निवासी ५४ वर्षीय अम्बरबहादुर परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको सर्लाही प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग […]
प्रधानमन्त्रीले पालेका कागको कर्कश ध्वनिले अन्ततः उनैको निद्रा बिथोलिने हो
काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी ओली स्वयं अरूलाई घोच्ने र बिझाउने गरी कटु वचन प्रहार गर्न रुचाउँछन् । उनका परिजन र पूरजनले त्यसको सिको गर्नु अस्वाभाविक हैन । तर, सत्तामा हुनेले ओँठे जबाफ लगाउनुभन्दा शालीनरूपमा स्पष्टीकरण दिनु बुद्धिमानी हुन्छ । हुनत, राजनीतिक नेतृत्व विश्वमै बढी अनुदार हुँदैगएको छ । अमेरिकादेखि रुसका राष्ट्रपतिसम्मको अभिव्यक्तिमा छुद्रताको […]
शङ्ख फुके पनि जोगिएनन् मकै
पोखरा, २२ असार । सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथान लगायतका क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ । बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शङ्ख कुनै पूजाआजा वा अनुष्ठान भएर फुकिएको भने होइन । दुई महिनादेखि मकैमा धानचमरा आउँदादेखि नै […]
प्रहरीको कुटाइबाट पत्रकार महासंघका अध्यक्ष गम्भीर घाइते
सिन्धुली, २२ असार । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति कुटपिट गर्दा अध्यक्ष कार्की गम्भीर घाइते भएका हुन् । प्रहरीको कुटाइबाट घाइते भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । शनिबार […]
निर्वाचनको बेला महान राष्ट्रवादीको नारा र भाषण दिने सरकार कसैको दबाबमा लर्याककलुरुक परेर आफ्नो निर्णयबाट फिर्ता हुने यो कस्तो राष्ट्रवाद हो ?
काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतसहित तेश्रो मुलुकबाट आउने तरकारी तथा फलफुल लाई विषादी परीक्षण नगर्ने निर्णयमा सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफुलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय प्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले कसैको […]








