एकाबिहानै कार्यक्रममा बोलाएर मन्त्री पण्डितमाथि दुव्र्यहार, अंगरक्षकले जोगाएर मन्त्रीलाई लिए कार्यक्रमबाट

ललितपुर, २७ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि एक सार्वजनिक कार्यक्रमस्थलमै दुव्र्यवहार भएको छ । आफूमाथि दुर्व्यवहार भएपछि मन्त्री पण्डित कार्यक्रम छोडेर निस्किएका छन् । मन्त्री पण्डितमाथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठकमा यस्तो दुव्र्यवहार भएको हो । ललितपुरको जावलाखेल आयोजित बैठकमा बोलाइएका पण्डितमाथि कार्यक्रमस्थलमै आदिवासी जनजाति युवा […]

ठूला माछा पनि धमाधम तानिदै, सुर्खेतमा डीएफओ ४ लाख घुससहित गिरफ्तार

सुर्खेत, २७ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पक्राउ गरेको एक दिनमै अख्तियारले जिल्ला वन कार्यालयका प्रमुखलाइ रङ्गेहात पक्राउ गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामालाई ४ लाख रूपैयाँ घुससहित पक्राउ गरेको हो । डीएफओ लामालाई आयोगले शुक्रबार नियन्त्रणमा लिएको हो । डीएफओ लामाले काठको […]

अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल

काठमाडौँ, २७ असार। अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन ओहोरदोहोरमा समस्या उत्पन्न भएको हो । काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्ति र धेरै सवारीसाधनका कारण उक्त समस्या […]

अविरल वर्षाले सिंहदरवार भित्रै पुर्यायो क्षति, सिंहदरवार पर्खाल नै भत्किएर एकजना घाइते

काठमाडाैं, २७ असार । बिहीबारदेखि परेकाे अविरल वर्षाका कारण देशकाे प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा पनि असर परेकाे छ । देशका अन्य भागमा बाढी र पहिराेले क्षति पुर्याउँदा सिंहदरवारमा भने पर्खाल नै भत्किएको छ । अविरल वर्षाले सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल भत्किएको हाे। शुक्रबार बिहान पर्खाल ढल्दा एक जना व्यक्ति घाइते भएका छन । महानगरीय […]

पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक अवरुद्ध

पाल्पा, २७ असार। लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालन भएको छ । तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ । पहिरोले अवरुद्ध बनेको सडक केहीबेरअघि डोजर लगाएर पहिरो हटाएपछि एकतर्फीरूपमा सञ्चालन गरिएको […]

उपत्यकाको बाग्मती नदी खतराको तह पार गरेपछि रौतहटका दर्जन बढी गाउँ डुबानमा

रौतहट । राजधानीबाट बगेर राैतह६ पुग्ने बागमती नदी र लालबकैया नदीमा बाढी आउँदा जिल्लाका एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन् । लालबकैयाको कटहरियामा र बागमतीको पूर्वतिरको बाँध भत्किँदा बस्तीमा पानी पसेको हो । लालबकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहालगायतका गाउँ जोखिममा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख राजकुमार श्रीवास्तवले […]

जापानमा जाने कामदारको असोजमा भाषा र सीप परीक्षा हुँदै

काठमाडौं । जापान रोजगारीका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगारी खुलाएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरगिभर कामदार लैजाने जापानको तयारी छ । भाषा परीक्षापछि सीप परीक्षण गरिन्छ । भाषा परीक्षाका लागि जापान फाउन्डेसनले परीक्षा सञ्चालन गर्नेछ । मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार असोजमा परीक्षा […]