काठमाडौं, ३ साउन । आन्दोलनको पूर्ण रुपमा व्यवास्ता गर्दै लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि जवरजस्त परीक्षा गराउन सुरु गरिएपछि आज प्रधानमन्त्री केपी शर्मा ओली र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्ला जनाएका छन् । लोकसेवा आयोगले लिएको परीक्षाविरुद्ध गठित आरक्षण बचाउ आन्दोलनमा आवद्ध प्रदर्शनकारीहरुले आज प्रधानमन्त्री र मन्त्रीको पुत्ला जलाएका हुन […]
Author: Nonstop Khabar
त्रिवि उत्तरपुस्तिकामा नम्बर थप काण्डः आरोपित पाण्डेले गरे अग्लो भवनबाट हाम फालेर आत्महत्या
काठमाडौं, ३ साउन । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेकाे अाराेप लागेका त्रिभुवन विश्वविद्यालयका एक कर्मचारीले अात्महत्या गरेका छन् । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका त्रिविका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका हुन्। उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका […]
माध्यमिक तहको पदस्थापना शुरु, यस्ता छन् पदस्थापनाका ५ आधार (पदस्थापन हुनेहरुको नामावलीसहित)
भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको पदस्थापना शुरु गरेको छ । शुक्रवार ७७ वटै शिक्षा समन्वय इकाईहरुलाई परिपत्र गर्दै केन्द्रले शिक्षकहरुको विषयगत नामावली सहित शिक्षक नियुक्ति तथा पदस्थापनाका आधारहरु पठाएको हो । अब जिल्ला स्थित समन्वय इकाइले भटाभट शिक्षक पदस्थापना गर्ने जनाइएको छ । ननस्टप खबरले […]
अमेरिकाले आफ्नो बिमान नखसालेको इरानको दाबी
एजेन्सी । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ । अमेरिकी जल सेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका थिए । उक्त ड्रोन अमेरिकी पानीजहाज […]
ग्रामीण भेगका अधिकांश महिला बढि घरेलु हिंसा सहन बाध्य
दार्चुला, ३ साउन । मार्मा गाउँपालिका– ४ का एक व्यक्तिले आफ्नो श्रीमतीलाई सार्वजनिक ठाउँमा मरणाशन्न हुने गरी कुटपिट गरे । श्रीमतीलाई कुट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । सार्वजनिक ठाउँमा कुटपिट गरेको आरोपमा प्रहरीले दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर कानूनी कारवाही गर्न खोज्दा श्रीमतीले श्रीमान्लाई कारवाही नगर्न आग्रह गरिन । श्रीमतीको आग्रहअनुसार प्रहरीको […]
मेक्सिकोमा बस दुर्घटना, बालबालिकासहित १५ को ज्यान गयो
मेक्सिको सिटी, ३ साउन (रासस/सिन्ह्वा) – मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । नायारिट सरकारका प्रवक्ताका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । घाइतेहरुमा पनि धेरैजसो बालबालिका परेका छन् । राज्यको राजधानी शहर टेपिक र पुर्टो भालार्टा जोड्ने राजमार्गमा […]
वीरगञ्ज भन्सारको राजश्व लक्ष्यको तुलनामा १९ प्रतिशत कम
वीरगञ्ज, ३ असार । मुलुकको कूल राजश्व असुलीमा ६० प्रतिशत योगदान दिँदै आएको वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४÷७५ भन्दा आर्थिक वर्ष २०७५÷७६ मा वार्षिक राजश्व असुलीमा १९ प्रतिशतले कमी आएको छ । राजश्व असुलीमा नेपाल अधिराज्यमा पहिलो स्थान हासिल गरेको वीरगञ्ज भन्सार कार्यालयलाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७५÷७६ मा रु एक खर्ब ७१ अर्ब […]
नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्, जिम्बाबे क्रिकेट बोर्ड निलम्बन
३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए […]
आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय भूमीको मृत्यु
भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ । तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
जुम्लामा परम्परागत सोचाइ, अन्धविश्वास र रूढीवादी परम्परा कारण महिला अझै घरमै सुत्केरी हुन बाध्य
खलङ्गा, ३ साउन । जुम्लाको पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अझै घरमा सुत्केरी हुने गरेका छन् । परम्परागत सोचाइ, अन्धविश्वास र रूढीवादी चिन्तनका कारण महिला अझै घरमै सुत्केरी हुने गरेका हुन् । करीब ५५ प्रतिशत महिला स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गरेको उक्त गाउँपालिकाको स्वास्थ्य शाखा सहसंयोजक रतन बुढथापाले बताए। स्वास्थ्य चौकीमा आएर सुत्केरी गराएमा […]











