३ साउन, काठमाडौं । अनेरास्ववियुका कुनै पनि नेता कार्यकर्ताले संगठनका नाममा वा व्यक्तिगत रुपमा चन्दा उठाउन नपाउने भएका छन् । चन्दा उठाउने नेता कार्यकर्तालाई अब अनेरास्ववियुले कार्बाही गर्ने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले निजी शैक्षिक संस्थाहरुसँग कुनै पनि आर्थिक सहयोग नमाग्ने र नलिने नीति बनाएको हो । अनेरास्ववियूका […]
Author: Nonstop Khabar
देशैभरि सक्रिय रहेको मनसुनको सक्रियता सामान्य हुँदै
काठमाडौँ, ३ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ ।मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए। अहिले मनसुन देशभरि नै सामान्य सक्रिय छ भन्दै उनले पूर्वी र मध्य क्षेत्रमा […]
वर्षौ बितिसक्दा समेत बनेन सातनाली पक्की पुल
डोटी, ३ साउन । निर्माण कार्य शुरु गरेको वर्षांै बितिसक्दासमेत डोटीको सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन । सातनाली–मेल्लेक–बझाङ सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बाण्डुङ्ग्रीसैनको सेती नदीमा पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार विसं २०७४ असार २९ गतेभित्र पुल निर्माण भइसक्नुपर्ने […]
काबुल विश्वविद्यालयमा बम विस्फोट, चारको मृत्यु
३ साउन, काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो […]
नेकपा भित्र भागवण्डा मिल्यो, वामदेवले संगठन र माधव नेपालले विदेश विभागको जिम्मेवारी पाउने सम्भावना !
३ साउन, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण घोषणा भएको १४ महिनापछि बल्ल सांगठनिक एकीकरणले पूर्णता पाउने भएको छ । मापदण्डका आधारमा दुई पार्टीबीच भागबण्डा मिलेसँगै संगठनात्मक संरचनाले पूर्णता पाएको हो । पार्टीमा सबैभन्दा शक्तिशाली विभाग मानिएको संगठन विभाग जिम्मेवारी वामदेव गौतमले पाउने सम्भावना देखिएको छ । ३२ विभागको भागबन्डामा सङ्गठन विभाग […]
भैसी चोरेको भन्दै तीन जनाको कुटिकुटी बिभत्स हत्या
काठमाडाैं । भारतको बिहारमा भैँसी चोरेको आरोपमा तीन जनाको कुटिकुटी हत्या भएको छ। बिहारको सारण जिल्लामा नौशाद कुरैशी, राजू नट र विदेशी नटलाई स्थानीयको भिडले कुटिकुटी हत्या गरेको हो । यो घटना सारणको बनियापुर थाना अन्तगर्त पिठौरी नन्दलाल गाउँमा भएको हो । गाउँमा भैँसी चोर्ने गएका बेला स्थानीयले नियन्त्रणमा लिएर उनीहरुमाथि कुटपिट गरेको र उपचारका […]
नेकपाले भन्यो : आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा पड्कियो
३ असार, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बिहीबार साँझ धनगढीको शहीद गेटमा नजिकै भएको शक्तिशाली विष्फोटको जिम्मा लिएको छ । शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्ज निर्माणले एक विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको स्पष्ट पारेका हुन् । विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त […]
१४ वर्षका चर्चित बाल कलाकारको दुर्घटनामा परी मृत्यु
काठमाडाैं । एक चर्चित बाल कलाकारको सडक दुर्घटनामा मृत्यु भएको छ । भारतमा १४ वर्षका शिवलेख सिंहको सडक दुर्घटनामा मृत्यु भएको हो । छत्तीसगढको रायपुरमा उनको कार एक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो । कारमा शिवलेखका आमा बुवा र अर्का एक व्यक्ति पनि थिए । उनीहरु सबै गम्भीर घाइते रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका […]
छुवाछूतः कानून छ, कार्यान्वयन छैन
लामो समयको प्रेमपछि रुपन्देहीका कमल विकले सङ्गीता शाहीसँग भागी विवाह गरे । गत फागुनमा अन्तरजातीय विवाह गरेको कमलको जोड यतिबेला न्यायका लागि काठमाडौँमा भौँतारिरहेको छ । विवाहपछि सङ्गीताको माइती पक्षले ज्यान मार्ने धम्की दिएपछि कमलको जोड अहिले काठमाडौँमा न्याय माग्दै हिँडेको छ । तर उनको कुरा अहिलेसम्म सुनुवाइ भएको छैन । “सम्बन्धित सबै निकायमा उजुरी […]
बाजुरामा जीप दुर्घटनामा, दुईको मृत्यु, ११ घाइते
बाजुरा, ३ साउन । बाजुराको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ । जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नंको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा जीप चालक रमेश बोगटी र मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाहीको […]











