जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु,अर्की गम्भीर

फिदिम, १४ साउन । जङ्गली च्याउ खाएर पाँचथरमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन ७ गते जङ्गली च्याउ खाएकी पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । जङ्गली च्याउ खाएर बिरामी परेकी उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको […]

चितुवाको छालासहित दुई पक्राउ

धनगढी, १४ साउन । कैलालीको गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको बड्डीकेदार गाउँपालिकाका राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिकाका रामबहादुर विष्ट रहेका छन् । चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले छालासहित सोमबार उनीहरुलाई पक्राउ गरी […]

१०१ वर्षीय रेग्मीलाई पोषण भत्ता

विराटनगर, १४ साउन । विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ ।महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रेग्मीको घरमै गई उक्त रकम उपलब्ध गराउनाका साथै सँगै गएका चिकित्सकले उनको स्वास्थ्य परीक्षणसमेत गरेका थिए । यसैगरी वडा नं ३ निवासी […]

 सार्वजनिक शिक्षा सुधारको कुनै संकेत देखिन्न; पुरानै ढर्रामा शिक्षक तालिम

काठमाडौं १४ साउन । सार्वजनिक शिक्षा सुधारका लागि गत ६ वर्षयता शिक्षक तालिममा मात्रै दुई अर्ब २५ करोड आठ हजार रुपैयाँ खर्च भएको छ। तर कक्षा १० को एसइई नतिजा हेर्दा सामुदायिक सरकारी विद्यालयको शिक्षामा सुधारको कुनै संकेत देखिन्न। सामुदायिक विद्यालयमा एसइईको नतिजा ३० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन। तालिमका नाममा ठूलो धनराशि खर्च भए […]

शेयर बजारः नेप्से बढ्यो, कारोवार घट्यो

काठमाडौँ, १४ साउन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ अङ्कले बढेर २७२.१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने न्यून रह्यो । क्ूल १७१ कम्पनीका […]

रेडवाइन चिन्ता र तनावको औषधी हुने वैज्ञानिक अनुसन्धानको दावी

काठमाडौं । विश्वभर मादक पदार्थ र धुम्रपानबाट ज्यान गुमाउने मानिसहरु लाखौ छन् । क्यान्सर लगायतका गम्भीर किसिमका रोगका कारक पनि बनेका छन् मद्यपान र धुम्रपान । विश्वमा विभिन्न किसिमका मादक पदार्थहरु बन्ने गरेका छन् । त्यसमध्ये कतिपय मादक पदार्थ मिलाएर खाएमा मानिसका लागि औषधी पनि हुने अनुसन्धानकर्ताहरु बताउँछन् । यसैक्रममा एक अनुसन्धानले मादक पदार्थमध्ये रेड […]

समायोजनका कर्मचारीलाई हाजिर गराउन निर्देशन

काठमाडौँ, १४ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएर गएका स्थानीय तहका कर्मचारीलाई हाजिर गराउन निर्देशन दिएको छ । समायोजन भएर गएका कर्मचारीलाई स्थानीय तहमा हाजिर गर्न नदिएपछि मन्त्रालयले हाजिर गराउन निर्देशन दिएको हो । मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले कतिपय स्थानीय तहले समायोजन भएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि हाजिर गराउन निर्देशन दिएको […]

प्लास्टिकबाट इँटा, युनिसेफको सहयोगमा कारखाना निर्माण

राष्ट्रसंघ, १४ साउन । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले प्लास्टिकजन्य फोहोरबाट इँटा बनाउने उद्देश्यले पश्चिम अफ्रिकी मुलुक आइभरीकोस्टमा कारखाना स्थापना गर्ने भएको छ । बालकोषका प्रवक्ताले निजी क्षेत्रको सहकार्यमा स्थापना गरिने कारखानाकाबाट उत्पादित इँटा स्कुल निर्माण प्रयोग गरिने जानकारी दिए । प्लास्टिकबाट उत्पादित यी इँटा निकै टिकाउ र न्यून लागतमा उत्पादन हुने बताइएको छ । […]

यु–१५ साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने

काठमाडौं, १४ साउन । आगामी अगस्टमा आयोजना हुने यू–१५ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल घरेलु टोली भारतसँग खेल्नेछ । साफ च्याम्पियनसिप अगस्ट २१ देखि ३१ सम्म भारतको कल्याणी रंगशालामा आयोजना हुनेछ । यस प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारत रहेका छन् । खेल […]

कार्यविभाजन अलमलमै छाडेर ओली दाहाल विदेश

काठमाडौं, १४ साउन । सत्तारूढ नेकपाको केन्द्रीय नेताहरूको कार्य विभाजन प्रस्ताव फेरि पछि धकेलिएको छ। पार्टीको केन्द्रीय विभागअन्तर्गतको स्कुल विभागको नेतृत्वमा पूर्वपार्टीका दुई धारका बीच मतभेद बढिरहेका बेला नेताहरूले त्यसलाई टुंगो नलगाई सचिवालय बैठक पछि धकेलेका हुन्। तत्कालीन एमाले–माओवादीबीच पार्टी एकता भएको १५ महिना बितिसक्दा पनि कार्यविभाजनमै अलमल भइरहेको छ। सचिवालय बैठकपछि धकेलेर अध्यक्षद्वय प्रधानमन्त्री […]