यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ, २२ साउन । ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४/७५ मा आठ […]

अवैध हुण्डीको कारोवार बढ्दै

वीरगञ्ज, २२ साउन । पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा पर्सा जिल्लामा फष्टाउँदै गएपछि यस प्रकारको अवैध […]

चन्दा सङ्कलनबाट मदरसा सञ्चालन

सुर्खेत, २२ साउन । वीरेन्द्रनगर नगरपालिका–१० बेलघारीका मुस्तफा मियाँ विसं २०६३ देखि मदरसा मदिना माध्यमिक विद्यालयमा पढाउँदै आएका छन् । मदरसामा शिक्षण गर्नुका साथै उहाँलाई आफ्नो पारिश्रमिक आफँै जुटाउनुपर्ने बाध्यता छ । “११ वर्षसम्म आफँै चन्दा सङ्कलन गरेर पढाएँ, तीन वर्षयता थोरै भए पनि अनुदानबाट प्राप्त बजेटबाट तलब पाउन थालेको छु”, उनले भने, “तलब थोरै […]

बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

सप्तरी, २२ साउन । सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितहरुले घाँटी थिचेर हत्या गरेको […]

अस्थायी शिक्षक र प्रदेश सरकारबिच सहमति, ३२ दिनदेखि चलेको धर्ना स्थगित

जनकपुरधाम । विगत ३२ दिनदेखि प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्ना दिँदैं आएका अस्थायी शिक्षक र प्रदेश सरकारबीच सहमति भएको छ । सहमति पछि धर्ना स्थगीत गरिएको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले जनाएको छ । प्रदेश सरकार र अस्थायी शिक्षकबीच सहमति भएपछि आन्दोलन स्थगित गरिएको र अब यसको स्वरुप परिवर्तन गरिने बताइएको […]

सहरको व्यस्त चोक लाखौँको धनमाल चोरी

बर्दिवास, २२ साउन । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ को अतिब्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ । पूर्वपश्चिम राजमार्गबाट ५० मिटर दूरी र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित पाँच लाखको धनमाल चोरी भएको हो । राति सुन चाँदी पसल विवेक ज्वेलर्सको मुख्य सटर फोडेर चोरी भएको पाइएको […]

अबदेखि ताेकियाे मदिरा सेवन गर्ने समय सीमा

जाजरकोट, २२ साउन । मदिरा सेवनबाट अशान्ति र अमर्यादित कार्य भएको भन्दै नलगाड नगरपालिकाले यसको सेवन गर्ने समय तोकेको छ । नगरपालिकाका १३ नमूना बस्तीमा छ महीनाभित्र पूर्णरूपमा मदिरा निषेध गर्ने र अन्य ठाउँमा नगरपालिकाले तोकेको समयमा मात्र सेवन गर्न उर्दी जारी गरेको छ । नगरपालिकाको पाँचौँ नगरसभाबाट नमूना बस्तीबाहेक अन्य ठाउँमा साउन १ गतेदेखि […]

छ लाख मूल्यको मरिच बरामद

गौशाला, २२ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित तीन घरबाट तस्करीका लागि राखिएको अवस्थामा प्रहरीले गए राति करीब छ लाख मूल्य बराबरको मरिच बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मटिहानी नपा–८ को तीन जनाको घरबाट गए राति करीब पाँच लाख ७० हजार मूल्य बराबरको ३८ बोरामा राखिएको ९५० किलो मरिच बरामद […]

नेपाली सेनाको मुख्यालय र देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै बम भेटियो

काठमाडौं, २२ साउन । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै वम फेला परेको छ । सिंहदरवार नजिकै माइतीघरमा आज बिहानै बम फेला परेको हो । माइतीघर नजिक रहेको सेन्ट जेभियर्स कलेज अगाडि बुधबार बिहानै एउटा सकेट बम फेला परेपछि यस क्षेत्रको आवागमन केहीबेर रोकिएको थियो । बम भेटिएको नजिकै नेपाली सेनाको मुख्यालय पनि रहेको छ […]

गर्भवती बुहारीलाई घाँटी थिचेर सासु ससुराले हत्या गरेको खुलासा

सप्तरी, २२ साउन । सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले पक्राउ गरेको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। घाँटी थिचेर रञ्जदेवीको हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी […]