काबुल, २२ साउन । तालिबान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा बुधबार कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेका बेला भएको घटनामा अन्य १४५ जना घाइते भएका छन् । राजधानी काबुलदेखि पश्चिमतर्फ रहेको प्रहरी कार्यालय परिसरमा स्थानीय समयअनुसार बुधबार विहान ९ बजे विस्फोटनको घटना भएको थियो । विस्फोटपछि प्रहरी कार्यालय […]
Author: Nonstop Khabar
लिबिया संकटः सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह
त्रिपोली, २२ साउन । संयुक्तराष्ट्र बालकोष (युनिसेफ) ले सर्वसाधारण जनतामाथि जथाभावी आक्रमण नगर्न लिबियाका द्वन्द्वरत पक्षहरुलाई आग्रह गरेको छ । लिबियामा हाल राष्ट्रसंघको समर्थनप्राप्त सरकार र पूर्वी क्षेत्रमा सक्रिय विद्रोही लडाकूबीच सशस्त्र संघर्ष जारी छ । युनिसेफद्वारा जारी विज्ञप्तिमा लिबियाको दक्षिणीमा रहेको मुर्जुक शहरमा भएको एउटा आक्रमणमा मारिएका अधिकांश व्यक्तिहरुमा महिला र बालबालिका परेकामा खेद […]
तान्जानियाबाट मह निकासीको पहल
दार ए सलाम, २२ साउन । तान्जानियाली वन विभाग (टीएफएस) ले मुलुकको मह उत्पादन वृद्धि गर्ने महत्वाकाँक्षी योजना अगाडि सारेको छ । पूर्वी अफ्रिकी मुलुक तान्जानियामा हाल ५५ हजार टन मह उत्पादन हुने गरेको छ । आगामी वर्षदेखि वार्षिक एक लाख ३५ हजार टन मह उत्पादन गरिने योजना अघि सारिएको छ । विभागका कार्यकारी अधिकृत […]
भानुआटुमा शक्तिशाली भूकम्प
पोर्ट भिला, २२ साउन । प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो । यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो । यस […]
अभिलेखालयमै पुग्दैनन् २५ वर्ष पुराना सरकारी अभिलेख
काठमाडौँ, २२ साउन । अभिलेख संरक्षण ऐन २०४६ मा सबै सरकारी कार्यालयले २५ वर्ष पुराना अभिलेख संरक्षणका लागि राष्ट्रिय अभिलेखालयमा बुझाउनुपर्ने व्यवस्था गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । कानून बनेको ३० वर्षमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, कानून, न्याय तथा संसदीय मामिला र रक्षा मन्त्रालयले मात्र अभिलेख शाखा स्थापना गरी २५ वर्ष […]
बाँझो जग्गामा व्यावसायिक कफीखेती
बलेवा, २२ साउन ।बसाइँसराइका कारण गाउँमा बाँझो रहेका जमीनको सदुपयोग गर्दै आयआर्जन बढाउने भन्दै यहाँको एक सहकारीले व्यावसायिक कफीखेती शुरु गरेको छ । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवामा रहेको साना किसान कृषि सहकारी संस्थाले बाँझो जमीनमा कफीखेती गर्न थालेको हो । तत्कालका लागि सर्कुवामा रहेको २५ रोपनी जमीनमा कफीका बिरुवा लगाइएको छ । सहकारीको कार्यक्षेत्रभित्र रहेका […]
लिलामी नहुँदा भन्सारमै थन्किए सवारी साधन
बाँके, २२ साउन । सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौँ मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्याङ्कन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी सधानको लिलाम प्रक्रिया शुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करीब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका […]
पानीट्यांकीमा युवकको लास फेला
धनुषा, २२ साउन । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पानी ट्याङ्कीमा एक युवकको लास फेला परेको छ । आज बिहानै किसान खेतमा जाँदा ती युवकलाई धानबारीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । अन्दाजी ३८ वर्षीय ती युवकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । मृतकको शव परीक्षणका […]
गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा
बेत्रावती, २२ साउन । गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने अर्को पदमार्ग पनि व्यवस्थित गरी सञ्चालनमा ल्याइएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै जाने सो पदमार्ग सुधार गरिएको हो । साथै रसुवाको धुञ्चे हुँदै जाने मुख्य पदमार्ग पनि यथावत छ । हिन्दू र बौद्ध धर्मालम्वीको अस्थाको केन्द्रको रूपमा रहेको […]
अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा
पोखरा, २२ साउन । अन्नपूर्ण आधार शिविरमा अघिल्लो वर्ष फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनालाई पूर्ववत् अवस्थामा ल्याइएको छ । हिमआँधीसहितको प्राकृतिक विपद्बाट क्षतिग्रस्त संरचना स्थानीय पर्यटन व्यवसायीले झण्डै पाँच महीनाको प्रयासपछि पूर्ववत् अवस्थामा ल्याएको हो । गत फागुन दोस्रो सातापछि पनि पटकपटक हिमपात परेका कारण स्थानीयवासीले अपेक्षाकृत पुनर्निर्माण कार्यलाई चाँडो गर्न नसकेको […]










