हुलाक बचत बैंकमा पाँच करोड निक्षेप

कलैया, २३ साउन । बारा जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बंैकमा आर्थिक वर्ष २०७५÷७६ मा कूल रु पाँच करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ । यस वर्ष मात्र एक हजार ३२२ ग्राहकले रु चार करोड ६७ लाख पाँच हजार ३०२ निक्षेप जम्मा गरेकामा सोको ब्याज रु चार लाख तीन […]

प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै

हेटौँडा, २३ साउन । प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ । मिडिया सेन्टर नहुँदा प्रदेशसभामा समाचार सङ्कलन गर्ने सञ्चारकर्मीले समस्या भोग्नुपरेकाले मिडिया सेन्टर स्थापना गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ […]

बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि सिङ्गो गाउँ अन्धकारमा

बलेवा, २३ साउन । बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत् उत्पादन बन्द भएको हो । आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोलाका बोहोरागाउँ, थापागाउँ, झिवाँखोला, छापाखानी, धाराखर्क, […]

भूगर्भविद्को निष्कर्ष: गुल्मीको ठूलोलुम्पेक गाउँ नै जोखिममा रहेको

गुल्मी – २३ साउन गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेक बस्ती पहिरोको दीर्घकालीन जोखिममा रहेको भूगर्भविद्ले बताएका छन् । उक्त ठाउँमा आवास क्षेत्र बनाउन नमिल्ने देखिएको भूगर्भविद्को भनाइ छ । खानी तथा भूगर्भ विभागबाट अध्ययनका लागि गएको टोलीले गाउँ जोखिमपूर्ण अवस्थामा रहेको जनाएको छ । विभागका राजेन्द्र आचार्य र सुलभ कायस्थको टोलीले शनिबारदेखि पहिरो प्रभावित गाउँमा पुगेर […]

सरकारले तोकेको तलबमानप्रति चिकित्सक संघको कडा आपत्ती, चिकित्सकलाई एसएलसी पास प्रावि तहको शिक्षक सरह तलब

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारले १ साउनदेखि लागू हुने गरी सरकारले कायम गरेको सरकारी कर्मचारीको तलबमानमा तत्काल संशोधन गर्न सरकारसित माग गरेको छ । एनएमएले स्वास्थ्यसेवाका अधिकृतस्तर आठौँ तहका चिकित्सकको तलबमान एसएलसी उत्तीर्ण गरेका प्राथमिक तह प्रथम श्रेणीका शिक्षकसमान नै निर्धारण गरिएकाले चिकित्सकको तलबमान सच्याउन बुधबार विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो । प्लस […]

निस्कियो पाँचै विकास क्षेत्रको निमाविको नेपाली विषयको अन्तिम नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । बुधवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको पाँचै विकास क्षेत्रको नेपाली विषयको अन्तीम नतिजा सार्वजनिक गरेको हो । गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको […]

निमाविको पूर्वाञ्चल र मध्यमाञ्चलको विज्ञान विषयको अन्तिम नतिजा हेर्नुहोस

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । बुधवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको विज्ञान विषयको पूर्व र मध्यमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो । गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि […]

आज साउन २३ गते बिहीबार तपाईको राशीफल यस्तो छ हेर्नुहोस

वि.सं. २०७६ साउन २३ गते बिहीबार । इ.स. २०१९ अगस्ट ८ । नेपाल सम्वत ११३९ गुँलाथ्व । श्रावण शुक्लपक्ष । अष्टमी, १५:११ उप्रान्त नवमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको […]

स्वाइन फ्ल्यूले म्यानमारमा यस वर्ष ९० को मृत्यु

याङ्गुन, २२ साउन । म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्ल्यूका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेहरूको यो सङ्ख्या यस वर्षभरीको हो । सन् २०१९ को जनवरी १ देखि अगस्ट ७ सम्ममा ४२२ जनामा स्वाइन फ्ल्यू भएको प्रयोगशालाबाट […]

बहुविवाह गर्ने जोडी पक्राउ

भोजपुर, २२ साउन । जिल्ला प्रहरी कार्यालय भोजपुरले बहुविवाह गर्ने दुई जोडीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले अरुण गाउँपालिका–४ चरम्बीका २६ वर्षीय टङ्क विक र कान्छी श्रीमती बनेर आउने १९ वर्षीय वसन्ती विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । उनीहरुलाई टङ्ककी जेठी श्रीमती अमृता विकको जाहेरीपछि झापाबाट पक्राउ […]