ठेकेदार बेपत्ता, सडक अलपत्र

भारत सरकारको सहयोगमा अत्याधुनिक ग्राभेल सडक बनाउने ठेक्काको सम्झौता भएपनि कामै नगरी ठेकेदार बेपत्ता हँुदा महोत्तरीका तीन वटा प्रमुख सडक निर्माण हुन सकेन् ।  सन् २०११ मा ३० महिनाभित्र बनाइसक्ने भनि ठेक्का लगाइएका भारतको हैदराबादस्थित भिस्वा विभिएसआर जेभि कम्पनीले सडक नबनाइकनै भागेपछि महोत्तरीको भिट्ठामोड–जनकपुर, जलेश्वरदेखि हर्दि, र सम्सीदेखि माईस्थानसम्मको सडकखण्ड बन्न नसकेको हो ।  ठेकेदार […]

किन सुन्दैन सरकार सामुदायिक उमाविको पीडा

शिक्षा मन्त्रालयले माग पूरा गर्ने आश्वासन दिएपछि कक्षा ११ र १२ को उत्तरपुस्तिका जाँचमा अवरोध पुर्याउन उच्च माध्यमिक शिक्षक एशोसिएसन नेपाल (हिस्टान)ले लगाएको तालाबन्दी खुलेको छ । तालाबन्दी खुलेपछि अहिले उत्तरपुस्तिका जाँच कार्य अगाडि बढेको छ । उच्च माध्यमिक तहमा शिक्षक दरवन्दी दिइनुपर्ने लगायतका विभिन्न माग राखी हिस्टानले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो । […]

शिक्षकको लाठीले विद्यार्थीको आँखामा गम्भीर चोट

दाङ । दाङको सदरमुकाम घोराहीको एक विद्यालयका शिक्षकको लाठी प्रहारबाट विद्यार्थी घाइते भएकी छन् ।  सदरमुकाम घोराही नजिकै रहेको मनकामना इङ्ग्लिस बोर्डिङ स्कूलकका शिक्षकले सोही विद्यालयमा अध्ययनरत छात्रालाई लाठीले प्रहार गरेका थिए । जसबाट छात्राको आँखामा गम्भीर चोट लागेको छ ।  घोराही नगरपालिकाको वार्ड नं. ४ मा रहेको मनकामना स्कूलमा कक्षा ७ मा अध्ययनरत छात्रा […]

धादिङ पूर्ण रुपमा साक्षर जिल्ला घोषणा

धादिङ । धादिङ जिल्लालाई निरक्षरता मुक्त क्षेत्र घोषणा गरिएको छ । नेपाल सरकारले संचालन गरेको ‘साक्षर नेपाल’ नामक अभियान अन्तर्गत संचालन गरिएको अभियानपछि आइतबार सदरमुकाममा एक विशेष कार्यक्रम गरेर यस्तो घोषणा गरिएको हो । सरकारले सन् २०१५ अर्थात विसं २०७२ भित्र नेपाललाई पूर्ण रुपमा साक्षर घोषणा गर्ने लक्ष्य लिएको छ । जिल्लामा ९५ प्रतिशत जनताले […]

विद्यार्थी विहीन भएपछि वार्षा कलेज बन्द

काठमाडौं । मेरिगोल्ड उच्च माविको नाम विदेशी नाम धारण गरेको तिनकुनेमा रहेको वार्षा कलेज अन्ततः बन्द भएको छ । यसवर्ष विद्यार्थी भर्ना नै नपाएपछि कलेज बन्द भएको हो । वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्न नसकेर समस्यामा परेका वार्षा कलेजका संचालक फरार भएका छन् ।    वार्षा कलेजमाथि गत वर्ष पनि ११ को भर्नामा रोक लगाइएको […]

विद्यार्थी भन्दा प्राध्यापक बढी

त्रिभुवन विश्वविद्यालय मानविकी संकाय अन्तर्गतका इतिहाससहित आधा जस्तो विषयमा विद्यार्थी भन्दा प्राध्यापक बढी भेटिएका छन् । पाठ्यक्रममा समय सापेक्ष परिवर्तन नहुँदा र अध्ययनपछिको विकल्प बलियो नहुँदा विद्यार्थी संख्या घटेको विश्लेषकहरुको भनाई छ ।  त्रिविमा कुनै समय विद्यार्थीको राम्रो आर्कषण हुने इतिहास विषयमा चालू शैक्षिक सत्रमा निकै कम विद्यार्थी छन् । यस वर्षको स्नातकोत्तर तहमा इतिहास […]

त्रिविद्वारा १३ कलेजको सम्बन्धन खारेज

त्रिभुवन विश्वविद्यालयले १३ कलेजको सम्बन्धन खारेज गरेको छ । यसअघि ती कलेजहरुका नाममा त्रिवि कार्यकारी परिषदले कलेज सञ्चालन भए नभएको सम्पर्क गर्न सार्वजनिक सूचना जारी गरेको थियो । तर, ती कलेजहरुले संचालनमा रहेको जानकारी पेश गर्न नआएपछि ती १३ कलेजको सम्बन्धन त्रिविले खारेज गरेको हो । त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद […]

विद्यार्थीको भविष्यमाथि खेलवाड । परिषदका उपाध्यक्ष भ्रमणमै मस्त

उच्च माध्यमिक शिक्षक एशोसियसन हिस्टानले विद्यार्थीहरुको भविष्यप्रति शिक्षा मन्त्रालय र उच्च माध्यमिक शिक्षा परिषद् गैरजिम्मेवार रहेको आरोप लगाएको छ । हिस्टानका महासचिव पुष्प न्यौपानेले कक्षा ११ र १२ का उत्तरपुस्तिका छिटोभन्दा छिटो जाँच गरी परीक्षाफल प्रकाशित गर्नुपर्ने दायित्वबाट पन्छिदै परिषद्का उपाध्यक्ष जिल्ला भ्रमणमा र शिक्षामन्त्री विदेश भ्रमणमा निस्किएको बताएका छन् ।    परिषद्को अध्यक्ष समेत […]

आफुखुसी शुल्क बृद्धि गर्ने विद्यालयलाई कारवाही गर्न निर्देशन

आफूखुसी शुल्क लिने निजी विद्यालयमाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । शिक्षा विभागले उच्चस्तरीय अनुगमन समितिको सिफारिशका आधारमा गत जेठ २२ गते शुल्क वृद्धि गर्ने निजी विद्यालय, निरीक्षक र स्रोत व्यक्तिसमेतलाई कारबाही गर्ने निर्णय गरेको थियो ।  यसअघि बृद्धि भएका शुल्क हालसम्म फिर्ता नभएको र शुल्क बृद्धि गर्ने विद्यालयमाथि कुनै कारबाही […]

५० निजी र २८१ सामुदायिक स्कूलको नतिजा शुन्य

देशभरका ३ सय ३१ विद्यालयले यसपटकको एसएलसी परीक्षामा कुनै पनि विद्यार्थी पास गराउन सकेनन । यसले शैक्षिक तथ्यांक खस्किएको देखिएको छ । यसअघि शिक्षा मन्त्रालयले दोहोरो अंकमा नतिजा बृद्धि गर्ने बताएको थियो । तर, एसएलसीको नतिजाले उक्त घोषणालाई चुनौती दिएको छ ।    यसपटकको एसएलसी परीक्षामा ९ हजार १ सय ८७ विद्यालयका विद्यार्थी सहभागी भएका […]