नेपालि बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्न सफल

  काठमाडौँ  । नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्नुभएको छ । सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकीका बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता घोषित हुनुभयो । सागमा स्वर्ण विजेता सनिलले अब प्रिक्वाटरफाइनलमा स्थान बनाउन सर्बिया बक्सर आबासोभ भाखिदसँग भिड्नु हुनेछ । सनिल १३ […]

काठमाडौँ महानगरमा एक वडा एक पार्क अभियान अन्तर्गत एकै दिन दुई पार्कको शिलान्यास, ५० बढी पार्क बन्दै

काठमाडौँ । ‘ एक वडा एक पार्क निर्माण ’ को नीति अनुरुप काठमाडौँ महानगरपालिका  वडा–३२ मा दुई ओटा पार्कको  शिलान्यास भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करीब ४ रोपनी ११ आनामा निर्माण हुने ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको आज एकै पटक शिलान्यास गर्नुभएको हो । पार्क शिलान्यासपछि सम्वोधन गर्दै प्रमुख शाक्यले साना […]

परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन सरकारको आग्रह , कारण छ यस्तो

काठमाण्डाै। सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । ११ जना अफगान नागरिक भारतको बाटो काठमाण्डाैमा लुकीछिपी बसेको खुलेपछि गृह मन्त्रालयले सोमबार विज्ञप्ति नै निकालेर परिचय पत्र नभएका व्यक्तिलाई घर, कोठा भाडामा नदिन नागरिक सबैमा आग्रह गरेको हो । कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश […]

गैँडाको खाग अवैध रुपमा बिक्री गर्न हिडेका ब्यक्ति पक्राउ

काठमाडौँ। अवैध गैडाको खाग बिक्रि गर्न हिडेका दुइ ब्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले संरक्षित बन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री बितरण भैरहेको भन्ने गोप्य सुचनाको आधारमा गैरीगाउबात शुक्रबार खाग सहित तिलक बहादुर बस्नेत र दिपक गोतामेलाइ पक्राउ गरेको हो। पक्राउ परेका निजलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाण्डौ पठाइएको महाशाखाले […]

काठमाडौँ महानगरपालि स्थानीय तहमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सुरु

कार्तिक ७ ,काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा भवन निर्माण सम्पन्न नहुञ्जेलसम्मका लागि यंगाल क्लवको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले क्लिनिकको शुभारम्भ गर्नुभएको हो । क्लिनिक शुभारम्भ गर्दै प्रमुख शाक्यले, स्वास्थ्य र शिक्षामा महानगरले लगानी बढाएको […]

नेवार समुदायहरुको छाता संगठन ‘ नेवा: जातीय महासंघ ’ गठन

  कार्तिक ७ ,काठमाडौँ। नेवार समुदायहरुको छाता संगठन ‘ नेवा: जातीय महासंघ ’ गठन भएको छ। नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको अवद्द महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरि विधिवत रुपमा शनिवार एक कार्येक्रम बीच धोषणा भएको हो । नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गी अध्यक्ष रहेको महासंघमा उपाध्यक्षमा स्यस्यः समाजका […]

नेपाली बक्सिङ्ग टोली ‘ आईबा वल्ड बक्सिङ च्याम्पियनसिप ’ मा सहभागीहुन् सर्विया प्रस्थान

कार्तिक ५,काठमाडौँ।   नेपाली बक्सिङ्ग टोली आईबा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागीहुन् सर्विया प्रस्थान गरेको छ। अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) काे ७५ वर्षकाे वार्षिक उत्सबकाे अबसरमा सर्वियाकाे राजधानी बेलग्रेड शहरमा अक्टोबर २५ देखि नाेभेम्बर ६ तारिख सम्म संचालन हुने २१ अाैँ वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे नेतृत्व सहित प्रशिक्षहरुमा मुख्य प्रशिक्षक […]

पाटनमा दशैं सुसम्पन्न, अर्थपूर्ण मायाको चिनो प्रदान

कात्तिक ५ ,ललितपुर – पाटनमा लिच्छवीकालिन मूछें आगम घर सम्बन्धित मनमानेश्वरी भवानी जात्रा तथा खड्ग (पाय:) जात्रा यस वर्ष सफलतापूर्वक संचालनपछि परम्परा अनुसार कोजाग्रत पूर्णिमामा विशेष पूजापश्चात प्रसाद ग्रहण गराई सम्पन्न गरिएको छ । ललितपुर पाटन दरवारमा लिच्छविकालिन मनमानेश्वरी देवीलाई कौलाथ्व: त्रयोदशी सोमवारका दिन मूलचोकमा अवस्थित मू छें माजुको देवालयबाट शक्तिको प्रतिक तीन खडग मू […]

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन पूर्वउपसभापति सिंहको आग्रह

      धादिङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपसभापति प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गरेका छन् । आमाको किरियापुत्री बसेका नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई आज भेट्न धादिङ आएका कांग्रेस नेता सिंहले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने सङ्केत गर्दै […]

माओवादी केन्द्रमा ३३ वटा विभाग गठन हुने , विदेश मामिलामा श्रेष्ठ, प्रचार प्रसार प्रकाशनमा महरा

 कात्तिक ४, काठमाडौं ।  सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रमा ३३ बिभिन्न विभाग गठन हुने भएको छ। बिहीबार बसेको स्थायी कमिटीको बैठकबारे बताउनुहुँदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले ३३ वटा विभाग तथा यसको जिम्मेवारी तोकिएको बताउनुभयो । जसमा विपद् व्यवस्थपन विभाग भने गठन गर्न बाँकी छ । यसबाहेक पार्टी स्कूलिङ विभागको ईन्चार्च पार्टी अध्यक्ष पुष्पकमल दाहाल […]