नेवार समुदायहरुको छाता संगठन ‘ नेवा: जातीय महासंघ ’ गठन

 

कार्तिक ७ ,काठमाडौँ। नेवार समुदायहरुको छाता संगठन ‘ नेवा: जातीय महासंघ ’ गठन भएको छ। नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको अवद्द महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरि विधिवत रुपमा शनिवार एक कार्येक्रम बीच धोषणा भएको हो ।
नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गी अध्यक्ष रहेको महासंघमा उपाध्यक्षमा स्यस्यः समाजका दानदास श्रेष्ठ,राजोपाध्याय समाजका बिराजकाजी राजोपाध्याय महासचिव ,किरण मघैयालाई सचिव, कोषाध्यक्षमा पुतुवार नगरकोटी राजवाहक विकास समाजका सागर पुतुवार, नेपाल तण्डुकार समाजका सुरेश तण्डुकार, बलामी समाजका बेखराम वलामी, कपाली समाजका श्यामकृष्ण दर्शनधारी र नेपाल माली समाजका अमर माली सदस्य रहेका छन्।
महासंघका अध्क्षय मनोज नेवाःखड्गीले नेवाः समाजको शक्तिको रुपमा रहेको जातिय समाजको शक्ति एकै ठाउँमा संचय गर्दै थप उर्जाशील भएर समग्र समाजको उत्थानको लागि अघि बढ्ने बताउनुभयो । ‘हरेक गतिविधि, आन्दोलनमा यहि जातिय संगठनहरु नेवाः समुदायको शक्ति बनेर अग्रपंक्तिमा उभिएको छ, तर जातिय संगठनहरुलाई जहिल्यै कार्यकर्ताकै दर्जामा मात्र राखियो । अब हामी सबै संगठित हुँदै थप उर्जाका साथ आफ्नो हक अधिकारको लागि अघि बढ्नेछौं’ नेवाःले भन्नुभयो । महासंघमा हाल १८ वटा जातिय संगठनको संलग्नता रहेकोमा आवश्यकता अनुसार अन्य जातीय समाज पनि थप्ने र आवश्यक प्रकृयामा अघि बढ्ने बताए।

यसै गरि लेखक पदम श्रेष्ठको ‘जातजाति र सङ्घीयता कति ठीक कति बेठिक’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ ।
नेवाः जातीय महासङ्घद्वारा राजधानीमा आयोजित दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित चियापान समारोहमा १८ वटा नेवार सङ्घ सङ्गठनका अगुवाले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तकमा लोपोन्मुख, अति सिमान्तकृत, सीमान्तकृत, सुविधा बञ्चित र उन्नत समुहबारे चर्चा गरिएको छ । देशको विभिन्न जातिय पहिचान, मुल थलो, पहिचान धर्म वर्गको परिचयसहित प्रकाशित पुस्तकले संविधानमा उल्लेख अधिकारको कार्यान्वयनको लागि जनमानसमा जागरण फैलाउने लेखक पदम श्रेष्ठले बताउनुभयो ।
पुस्तकमा लेखकले नेपालको सन्दर्भमा सङ्घीयताबारे विभिन्न जातिय आन्दोलनमा संलग्न अग्रज अधिकारवादी तथा सम्वन्धीत समुदायका अगुवासँगको अन्तरवार्तासहित जातजातिका बारे मिहिन ढङ्गले गरेको अध्ययन समेट्नुभएको छ ।
उहाँका यस अघि नेपाल धर्म, नेवार, नेपाल मण्डल सम्पदा, नेपाल जात्रा संस्कृति लगायत जातीय परिचय, संस्कार, कलाबारे पुस्तक प्रकाशित छन् ।

Loading...