काठमाडौँ। अवैध गैडाको खाग बिक्रि गर्न हिडेका दुइ ब्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले संरक्षित बन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री बितरण भैरहेको भन्ने गोप्य सुचनाको आधारमा गैरीगाउबात शुक्रबार खाग सहित तिलक बहादुर बस्नेत र दिपक गोतामेलाइ पक्राउ गरेको हो।
पक्राउ परेका निजलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।