पाटनमा दशैं सुसम्पन्न, अर्थपूर्ण मायाको चिनो प्रदान

कात्तिक ५ ,ललितपुर – पाटनमा लिच्छवीकालिन मूछें आगम घर सम्बन्धित मनमानेश्वरी भवानी जात्रा तथा खड्ग (पाय:) जात्रा यस वर्ष सफलतापूर्वक संचालनपछि परम्परा अनुसार कोजाग्रत पूर्णिमामा विशेष पूजापश्चात प्रसाद ग्रहण गराई सम्पन्न गरिएको छ । ललितपुर पाटन दरवारमा लिच्छविकालिन मनमानेश्वरी देवीलाई कौलाथ्व: त्रयोदशी सोमवारका दिन मूलचोकमा अवस्थित मू छें माजुको देवालयबाट शक्तिको प्रतिक तीन खडग मू छें आगंम घरमा ( “द्यो: थाहाँ बिज्याकेगु” ) भित्राईए पछि चतुर्दशी र पूर्णिमाका दिन ठेचोस्थित नवदुर्गा देवीको अन्तिम नाच सँगै यस वर्षको मोहनी नख: अर्थात दशैंको पनि समापन भएको हो । महालक्ष्मी मन्दिर प्रांगनमा सम्पन्न उक्त प्रसाद ग्रहणसँगै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन प्रदेश सभासद शोभा शाक्य, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, नेकपा जिल्ला सभापति हरिकृष्ण ब्यन्जनकार, वडाध्यक्षहरु वडा ५ का बिकासमान श्रेष्ठ, वडा ९ का राजु महर्जन, ज्यापू समाजका अध्यक्ष तीर्थलाल महर्जन लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा मूल गुथियार साम्राज्य देव श्रेष्ठले दुईवटा विशेष मायाको चिनो प्रदान गरेका थिए । बिगत २०७६ सालमा यस जात्रा संचालनार्थ विशेष सहयोगका निमित्त वडा १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य र साँस्कृतिक निरन्तरतामा सहयोग अपेक्षासहित गुठी संस्थान प्रधान कार्यालयका प्रमुख प्रशाशक किरण शाक्यलाई उक्त मायाको चिनो प्रदान गरिएको थियो । अर्थपूर्ण मायाको चिनोका रूपमा शुभकार्य सम्पन्नताको सुभकामनार्थ यो विशेष कलाकृतिको सामाजिक उद्यमशीलता प्रवर्द्धनमा याक: ईन्टरप्रेनर्स ट्रेनर्सको अनुरोधमा पाटनका मूर्तिकार नरेशमान शाक्य र उनका सुपुत्र मैत्रीवचन मान शाक्यले तयार गरेका हुन । सो कार्यक्रममा मूर्तिकार शाक्यले संस्कृतिको निरन्तरता तथा नेवा: एकताको कामनासहित मूल गुठियार साम्राज्य देव, यस वर्षदेखि जोडिएका सुनील र सुहेल श्रेष्ठलाई आफ्नो तर्फबाटपनि मायाको चिनो प्रदान गरेका थिए । नेपालका लिच्छवि राजा मानदेवका ईष्टदेवता मनमानेश्वरीलाई पनि पूर्णकलशमा राखेर भित्राईएको मानिन्छ । संस्कृतिसँगै स्थानिय अर्थपूर्ण कलाकारिता प्रवर्द्धन गर्ने उद्देश्यले उक्त मायको चिनोमा पूर्णकलशको प्रतीक अष्टमंगल तलतिर यीनै मनमानेश्वरी देवी सम्बन्धित पाटनको प्रख्यात पाय: जात्रामा निकालिने आकाश, धरती र पाताल त्रिभुवन उपर बिजयको प्रतिक तीन खडगहरु राखिएको मूल गुठियार साम्राज्यदेव श्रेष्ठले जनाए ।

Loading...