सम्पदा अभियान्ताहरुको रिहाईको माग, विभिन्न स्थानमा प्रर्दशन

भाद्र २१ , काठमाडौं । रोतो मछिन्द्रनाथ रथ तान्ने क्रममा बिहिबार ललितपुरमा भएको झडपपछि पक्राउ परेका सम्पदा अभियान्ताहरुको रिहाईको लागि प्रदर्शन भएको छ । आईतवार मध्यपुर ठिमी, ललितपुरको हरिशिद्धिका युवाहरु प्लेकाडासहित प्रदर्शनमा उत्रेका छन । उनीहरु सम्पदा अभियान्ताहरुलाई तुरुन्त रिहा गर भन्दै प्रदर्शनमा उत्रेका हुन । केहीलाई भोलिपल्ट विभिन्न स्थानबात पक्राउ गरेको हो। उनीहरुले सम्पदा […]

‘बन्दलाइ बन्द गरौ, नो मोर क्लोजडाउन’: नेपाल उद्योग वाणिज्य संघ

भाद्र २१ , काठमाडौं ।  बन्दले उद्योग ब्यबसाय पूर्ण धरासाय बन्दै गएपछि नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले पुनःनिषेधाज्ञा नगर्न नेपाल सरकार तथा सम्बन्धित जिल्ला प्रमुखहरुलाई आग्रह गरेको छ । लकडाउन, निषेधाज्ञा बन्द नै कोरना संक्रमण समस्याको समाधान नभएको भन्दै संघले पुनः बन्दलाई निरन्तरता नदिन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । संघले फेरि पनि बन्दलाई नै […]

मृतक र सङ्क्रमितको विवरण सार्वजनिक नगर्न सरकारका नाममा सर्वोच्चको परमादेश

 भदौ २०, काठमाडौँ ।  सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको विवरण सार्वजनिक नगर्न नगराउन सरकारका नाममा परमादेश जारी गरेको छ । कुनैपनि व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न समेत अदालतले गरेको फैसलामा भनेको छ । यसरी विवरण सार्वजनिक गर्दा प्रचलित संविधान, गोपनीयताको हकसम्बन्धी ऐन, मुलुकी फौजदारी संहिता […]

नेवाः समुदायलाई गाली गलौजका शब्दवाणहरू किन ?

  ललितपुरमा बिहीबार रथ जात्रामा झडप भएपछि विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा नेवाः समुदायलाई गाली गलौजका शब्दवाणहरू प्रयोग गरिएको देखियो । नेवा: सांस्कृतिक पहिचान र परम्परालाइ नबुझेर केवल झडपलाइ लिएर यसरी गालीगलाेज गरिनु नेवाः भावनामाथि गरिएको आक्रमण हो । जुन निन्दनीय छ । यस्ता कार्यको घोर बिरोध गरिनुपर्दछ । यसअघि सडक विस्तारको नाममा नेवाःहरूको घर भत्काउन […]

रातो मच्छिन्द्रनाथ जात्रा छोट्याएर सांकेतिक रथयात्रा गरेर बुंगमती पुर्याइने

  काठमाडौं, १९ भदाै । रातो मत्स्येन्द्रनाथकाे रथ छाेट्याएर सांकेतिक रुपमा बुङमती लगिने भएकाे छ । काेराेनाका कारण लामाे समय रथ जात्रा राेकिएकाे र यही क्रममा बिहीबार रथ तान्ने क्रममा विवाद र झडप भएपछि जात्रासँग सम्बन्धित सरोकारवाला र स्थानिय प्रशासनबीच वार्ता भइ अब जात्रा छोट्याएर सांकेतिक रुपमा रथलाई बुंगमती लैजाने सहमतिमा भएको हाे । ललितपुरका […]

रातो मच्छेन्द्रनाथ रथजात्रा बिवाद र झडपपछि ललितपुर चक्रपथ क्षेत्रभित्र शुक्रबार कर्फ्यु

भाद्र १८ ,ललितपुर। ललितपुरमा शुक्रबार कर्फ्यु लगाइने भएको छ । रातो मच्छिन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार तनाव भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासनले बिज्ञप्ति जारीगर्दै बिहीबारको अवस्था उग्र भएपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी […]

निषेधाज्ञा फिर्ता नलिए आन्दोलनमा उत्रिने व्यवसायीहरुको चेतावनी

काठमाडौं । उद्योगी व्यवसायीहरुले थपिएको निषेधाज्ञाप्रति आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरस महामारी नियन्त्रणका लागि थप गरेको ६ दिनको निषेधाज्ञाप्रति उनीहरूले आपत्ति जनाएका हुन् । विज्ञप्ति जारी गर्दै विराटनगरमा उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ र विराट ब्यापार संघले बुधबार संयुक्त रुपमा निषेधाज्ञा फिर्ता लिन आग्रह गरेका […]

निषेधाज्ञा खुकुलो बनाउने निर्णयमाथि उपत्यकाका मेयरहरुको आपत्ती, कर्फ्यू अझै कडा बनाउन माग

काठमाडौँ, १८ भदाै । बुधबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले यसअघि जारी गरिएकाे निषेधाज्ञा (कर्फ्यू) एक साताका लागि थप गर्ने निर्णय गरे । यसअघिकाे भन्दा केही खुकुलो गर्ने निर्णयसहित पुनः एकहप्ता थप गरेको निषेधाज्ञा आदेशप्रति उपत्यका नगरपालिका फोरमले भने असन्तुष्टि व्यक्त गरेको छ । फाेरमले कर्फ्यू खुकुलाे हाेइन अझै कडा बनाउनुपर्नेमा जाेड […]

रातो मच्छिन्द्रनाथको जात्रामा झडप, पानीको फोहोरा, लाठी र अश्रुग्यास हानेको भन्दै प्रहरीको गाडीमा तोडफोड

ललितपुर, १८ भदाै । सरकाले जारी गरेको निषेधाज्ञाको बाबजुद आज ललितपुरमा राताे मच्छेन्द्रनाथकाे जात्रा सुरु गरिएकाे छ । साे क्रममा प्रहरी र स्थानीयबीच केहीबेर झडप समेत भएकाे छ । जात्रामा सहभागी भएकाहरुमाथि अश्रुग्यास र पानीकाे फाेहाेरा हान्दै लाठी चार्ज गरिएपछि स्थानीयले प्रहरीकाे गाडी ताेडफाेड समेत गरेका छन् ।  जात्रामा ठूलाे संख्यामा मानिसहरु जम्मा भएपछि प्रसासनले […]

निषेधाज्ञालाइ चुनौती दिँदै रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरु, बाजागाजासहित सयौ मानिस उत्रिए सडकमा

  ललितपुर, १८ भदाै। सरकाले जारी गरेको निषेधाज्ञाको बाबजुद आज ललितपुरमा राताे मच्छेन्द्रनाथकाे जात्रा सुरु गरिएको छ। निषेधाज्ञालाइ चुनाैती दिँदै बिहानै सयौको संख्यामा मानिसहरु रथ जात्रामा जम्मा भएका छन् ।  ठूलाे संख्यामा मानिसहरु जम्मा भएपछि प्रशासनले केही रोक लगाउने प्रयास गरेकाे थियाे । तर, मानिसहरुको भिड अझ बढ्दै जान थालेपछि प्रसासन पछि हटेकाे छ । […]