सम्पदा अभियान्ताहरुको रिहाईको माग, विभिन्न स्थानमा प्रर्दशन

भाद्र २१ , काठमाडौं । रोतो मछिन्द्रनाथ रथ तान्ने क्रममा बिहिबार ललितपुरमा भएको झडपपछि पक्राउ परेका सम्पदा अभियान्ताहरुको रिहाईको लागि प्रदर्शन भएको छ ।

आईतवार मध्यपुर ठिमी, ललितपुरको हरिशिद्धिका युवाहरु प्लेकाडासहित प्रदर्शनमा उत्रेका छन । उनीहरु सम्पदा अभियान्ताहरुलाई तुरुन्त रिहा गर भन्दै प्रदर्शनमा उत्रेका हुन । केहीलाई भोलिपल्ट विभिन्न स्थानबात पक्राउ गरेको हो।

उनीहरुले सम्पदा संरक्षण अभिन्ताहरुलाई तुरुन्त रिहा गर, अस्तित्वको लडाईमा हामी, नेवाः एकता जिन्दावाद लगायतका नारा लेखिएको प्लेकार्ड सहित समाजिक दुरी पालना गरी प्रदर्शनमा उत्रेका छन ।
यसै गरि आइतबार काठमाडौँमा विभिन्न अधिकारकर्मी , जातीय सस्था , सामाजिक अभियानताले पक्राउ परेका अभियानताहरुको रिहाइ गराउन विभिन्न दबाब मुलक संघष कार्येक्रम गर्न बैठक गरेको छ। एक सहभागीले भने ‘ पक्राउ परेका सबैलाई रिहा नगरे बिरोध कार्येक्रम व्यापक गर्दै जाने र साथ साथै कानुनि तवरबाट प्रक्रिया अगाडी बढाउनु छलफल भएको छ। ’

Loading...