‘बन्दलाइ बन्द गरौ, नो मोर क्लोजडाउन’: नेपाल उद्योग वाणिज्य संघ

मुलुक दैनिक दुई अर्ब बराबरको नोक्सानीमा

भाद्र २१ , काठमाडौं ।  बन्दले उद्योग ब्यबसाय पूर्ण धरासाय बन्दै गएपछि नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले पुनःनिषेधाज्ञा नगर्न नेपाल सरकार तथा सम्बन्धित जिल्ला प्रमुखहरुलाई आग्रह गरेको छ । लकडाउन, निषेधाज्ञा बन्द नै कोरना संक्रमण समस्याको समाधान नभएको भन्दै संघले पुनः बन्दलाई निरन्तरता नदिन सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

संघले फेरि पनि बन्दलाई नै निरन्तरता दिने हो भने, अहिलेसम्मको बन्दको सबै क्षतिपुर्ति भर्पाइ गर्न र त्यसपछि मात्र बन्दको निर्देशन गर्न सम्बन्धित पक्षलाई संघले खबरदारी समेत गरेको छ । लामोसमय बन्दाबन्दीको कारण मुलुकले दैनिक दुई अर्ब बराबरको नोक्सानी व्यहोर्दै आएको संघको भनाइ छ ।

संघले कोरना नियन्त्रणका लागि बन्द गर्दा पनि परीक्षणको करिब १० प्रतिशत संक्रमित देखिनुले कोभिड निराकरणको उपाय बन्द नभएको दाबी गरेको छ। प्रत्येक व्यवसायको लागि सरोकारवाला राखेर एसओपी र प्रोटोकल बनाइ सबै व्यबसाय सञ्चालन गर्न दिनु पर्ने संघको माग रहेको छ।
गत चैत ११ गतेबाट जारी १२० दिन लामो बन्द पश्चात सरकारले गत भदौ ४ गतेदेखि उपत्यका तीन जिल्लामा निरन्तर निषेधाज्ञा जारी गर्दै आएको निषेधाज्ञा काठमाडौँ उपत्यकामा भाद्र २४ मा सकिदै छ ।

 

 

Loading...