यात्रु संग छ गुणा बढि भाडा लिई ठगी गर्ने गर्ने पक्राउ

  काठमाडौँ। उपत्यका बात बाहिरी जिल्ला जाने यात्रुहरु संग साबिकको भन्दा ६ गुणा भाडा असुल गरि ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परि उपत्यका बाहिरका जिल्लाहरु जाने यात्रुहरुलाई काउण्टरका कर्मचारीहरुले छ गुणा बढि सम्म भाडा लिई ठगी गर्ने गरेको पाइएको गुनासो बदेपछी […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेल विरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरी अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहितले मुख्यमन्त्री पोखरेलविरुद्ध दोश्रो पटक अविश्वास प्रस्ताव दर्ता गरेको हो । यसअघि गत वैशाख ६ गते पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । संबिधान बिपरित प्रदेश प्रमुखले सम्वद्ध […]

नयाँ सरकार गठनकोलागि सभापति देउवाको तैयारी , ‘संयुक्त गठबन्धनको सरकार बन्छ ।’

 काठमाडौँ। बर्तमान ओली सरकारलाइ पन्छाएर कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ सरकार गठनको सन्दर्भमा पछिल्लो समय प्रष्ट देखिएका छन् ।आफु निकट दलको बहुमत संख्या पुगेको तर्फ संकेत गर्दै शनिवार बानेश्वरस्थित कांग्रेस संसदीय दलको बैठक कक्षमा सांसदहरुमाझ ब्रिफिङ्ग गर्दै सभापति देउवाले भने– ‘संयुक्त गठबन्धनको सरकार बन्छ ।’ नयाँ सरकार गठनबारे अग्रसरता नलिएको भनि आलोचना भइरहेको बेला आएको […]

कोविड संक्रमण नियेंत्रण गर्न हेल्प डेस्क संचालन , प्रहरी,ट्राफिक प्रहरी,पत्रकारलाइ स्वस्थ्य सामग्री वितरण

  काठमाडौँ। महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोरोना-१९ बिरुद्ध राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका १५ वडा कमिटिले स्यम्भु स्थित भगवान पाउमा हेल्प डेस्क संचालन गरेको छ। कमिटीले उक्त वडा भित्र बिभिन्न जनचेतना मुलक कार्येक्रम गर्दै निशुल्क एम्बुलेन्स सेवा समेत संचालन गरेको छ। संघका अध्यक्ष.वचन बहादुर सिंह, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव रमेश लगाएतले […]

कोविड उपचारका लागि शिक्षण अस्पताललाई महानगरबाट १० वटा भेन्टिलेटर सहयोग

  काठमाडौँ । त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई काठमाडौँ महानगरपालिकाले १० थान भेन्टलेटर प्रदान गरेको छ । कोविड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो । अस्पताल पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियोे । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी […]

नेपालमा कोभिड–१९ महामारीविरुद्धको लडाई नियन्त्रणमै छ : प्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड–१९ महामारीविरुद्धको लडाई नियन्त्रणमै रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेशनलकाे आज अपरान्ह १२ बजे प्रत्यक्ष प्रसारणमा जोडिनु भएको प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि पहल गरिरहेको बताउनुहुँदै भावी दिनमा हुनसक्ने संकटलाई मध्यनजर गर्दै विश्व समुदायलाई सघाउन पनि विशेष अनुरोध गर्नुभएको छ । उहाँले […]

नेपाललाई ‘फकाउन’ गरिरहेको प्रयास असफल , विवाद झन् बढ्दै

  काठमाडौँ। सत्तारूढ एमालेका पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्ग ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘फकाउन’ गरिरहेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ । प्रधानमन्त्री ओली २७ वैशाखमा संसदबाट विश्वासको मत लिने प्रयासमा छन् । ६ जेठमा बाग्मती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ । यी दुई विषयमा केन्द्रित भएर ओली–नेपाल समूहबीच विभिन्न स्तरमा […]

अक्सिजन सिलिन्डर दुरुपयोग भइरहेको पाइए १०० नम्बरमा फोन गरि प्रहरीलाई जानकारी दिन आग्रह

काठमाण्डाै । अक्सिजन सिलिन्डर प्रयोग विहिन तथा दुरुपयोग भइरहेको पाइए १०० नम्बरमा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले शुक्रबार काठमाण्डौ उपत्यकासहित देशभर नै दुरुपयोग भएका अक्सिजनको सिलिन्डर सङ्कलन गर्ने काम धमाधम भइरहेको जानकारी दिनुभयो । पछिल्लो पाँच दिनमा पाँच हजारभन्दा धेरै अक्सिजन सिलिन्डर सङ्कलन गरी विभिन्न अस्पतालमा […]

खोप आयात अनियमततामा सरकार नै उद्यत रहेको छ : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोप खरीदमा भएको अनियमततामा सरकार नै उद्यत रहेको आरोप लगाएको छ । उनले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको न्यूनतम जिम्मेवारीबोधसमेत नगरेको आरोप लगाएका हुन् । विज्ञप्ती मार्फत् सभापति देउवाले खोप खरीपमा अनियमितता गर्ने जोकोही भएपनि कडाभन्दा […]

आनन्दकुटी विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र तयार ,सोमवार देखि संचालनमा ल्याइने

काठमाडौँ। स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र तयार भएको छ । पहिलो चरणको कोभिडको लहर चलेको बेला नै यो आइसोलेसन सेन्टर संचालनमा ल्याउने योजना रहेको भएता पनि केहि समय पछि साम्य हुदै गएको ले कार्य रोकिएको र अहिले पुनः कोरोनाको महामारी बढेपछि कोभिड संक्रमित भएका व्यक्तिहरुलाई सुरक्षित रहन तथा संक्रमित भएका व्यक्तिहरुबाट […]