आनन्दकुटी विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र तयार ,सोमवार देखि संचालनमा ल्याइने

काठमाडौँ। स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र तयार भएको छ । पहिलो चरणको कोभिडको लहर चलेको बेला नै यो आइसोलेसन सेन्टर संचालनमा ल्याउने योजना रहेको भएता पनि केहि समय पछि साम्य हुदै गएको ले कार्य रोकिएको र अहिले पुनः कोरोनाको महामारी बढेपछि कोभिड संक्रमित भएका व्यक्तिहरुलाई सुरक्षित रहन तथा संक्रमित भएका व्यक्तिहरुबाट अरुलाई बचाउन यो सेन्टर संचालनमा ल्याउन लागिएको बताउनु भयो ।

आइसोलेशन आवश्यक भएका व्यक्तिहरुको स्वास्थ निगरानीका लागि आवश्यक स्वास्थकर्मीहरु फेक्ट नेपाल उपलब्ध हुने यस सेन्टरका संयोजक भीमसेन राजबाहकले बताउनु भयो ।

स्थलगत निरीक्षण गरि खाली रहेको आनन्दकुटी विद्यापीठका भवनका १४ वटा कोठा मा जम्मा जम्मी ५० बेडको आइसोलेशन तयार पारेको कुरा
गरेको बताउदै यस केन्द्रको लागि १ करोड ५० लाख ४० हजार रुपैयाँ विनियोजन भएको प्रतिनिधी सभा सदस्य जीवनराम श्रेष्ठले
जानकारी दिनु भयो ।।

आइसोलेशन यहि सोमवार देखि संचालनमा ल्याउने लक्ष्य रहेको छ ।

Loading...