नयाँ सरकार गठनकोलागि सभापति देउवाको तैयारी , ‘संयुक्त गठबन्धनको सरकार बन्छ ।’

 काठमाडौँ। बर्तमान ओली सरकारलाइ पन्छाएर कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ सरकार गठनको सन्दर्भमा पछिल्लो समय प्रष्ट देखिएका छन् ।आफु निकट दलको बहुमत संख्या पुगेको तर्फ संकेत गर्दै शनिवार बानेश्वरस्थित कांग्रेस संसदीय दलको बैठक कक्षमा सांसदहरुमाझ ब्रिफिङ्ग गर्दै सभापति देउवाले भने– ‘संयुक्त गठबन्धनको सरकार बन्छ ।’ नयाँ सरकार गठनबारे अग्रसरता नलिएको भनि आलोचना भइरहेको बेला आएको देउवाको यो भनाइलाई निकै महत्वका साथ हेरिएको छ ।
बैठकमा मिनेन्द्र रिजाल, गगनकुमार थापालगायतका सांसदले बोलेका थिए । उनीहरुले पनि सभापति देउवाको भनाइप्रति सहमति जनाएका छन् । ‘यो विषयमा त हाम्रो पार्टीभित्र मतभिन्नता छैन,’ सांसद भुसालले भनिन्– ‘यसमा सबैको मत एकैतिर हो ।’
सभापति देउवाले वर्तमान सरकारलाई जसरी भएपनि विस्थापित गर्ने बचनबद्ध कांग्रेस सांसद पुष्पा भुसाल गरे । देउवालाई उद्धृत गर्दै सांसद भुसालले भनिन्– ‘केपी ओली नेतृत्वको सरकारलाई जसरी भएपनि विस्थापित गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले वैशाख २७ गते (पर्सि) सदनबाट विश्वासको मत लिँने तैयारीमा छन् । सत्ताको नयाँ समिकरण चलिरहदा विपक्षी कित्ताका एमाले लगाएत दलहरुले यसैबेला ओली हटाउने सही समय आएको ठहर गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, डा. बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी (जसपा) र विपक्षी एमाले एक कित्तामा उभिएका छन् ।

Loading...