कोविड संक्रमण नियेंत्रण गर्न हेल्प डेस्क संचालन , प्रहरी,ट्राफिक प्रहरी,पत्रकारलाइ स्वस्थ्य सामग्री वितरण

 

काठमाडौँ। महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोरोना-१९ बिरुद्ध राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका १५ वडा कमिटिले स्यम्भु स्थित भगवान पाउमा हेल्प डेस्क संचालन गरेको छ। कमिटीले उक्त वडा भित्र बिभिन्न जनचेतना मुलक कार्येक्रम गर्दै निशुल्क एम्बुलेन्स सेवा समेत संचालन गरेको छ। संघका अध्यक्ष.वचन बहादुर सिंह, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव रमेश लगाएतले शनिबार अहोरात्र खटिरहेका प्रहरी,ट्राफिक प्रहरी,पत्रकार तथा स्वयंसेवकहरु लाई मास्क,स्यानिटाइजर,पानी वितरण गरेका छन् । आइतबार देखि बिगतमा जस्तै स्वयम्भू प्रहरी संग सहकार्य गरि अगाडी बढ्ने पनि कमिटीले जनाएको छ।

Loading...