प्रतिनिधि सभा बिघटन मुद्धामा राष्ट्रपति र मन्त्रिपरिषदको कार्यलय बिरुद्द कारण देखाऊ आदेश जारि

  सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दामा राष्ट्रपति र मन्त्रीपरिषदको कार्यालयलाइ कारण देखाउ आदेश दिएको छ। बुधबार बसेको संवैधानिक इजलासले विपक्षीका नाममा यस्तो आदेश दिएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको निवेदन उपर भएको बहसमा उक्त मुद्दाको नियमित सुनुवाई आउँदो असार ९ गतेदेखि हुने अदालतको आदेश छ ।  

युनाइटेड नेवाःबाट छत्रपाटी निःशुल्क चिकित्सालयलाई १५ लाख सहयोग

काठमाडौं । अमेरिकी राज्य टेक्सासको ड्यालस शहरका नेवारहरूको संगठन युनाइटेड नेवाः युएसएले कोभिद संक्रमणबाट ग्रसित विरामीहरूको निःशुल्क उपचारको लागि छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) लाई सहयोग स्वरुप रु. १५ लाख ६३ हजार ८७५ तका ९० पैसा प्रदान गरेको छ । हालै एक संक्षिप्त कार्यक्रमकाबिच चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो । […]

६० देखि ६४ बर्ष उमेर समूहका एक लाख महानगरवासीलाई काठमाडौँ महानगरले भेरोसेल खोप लगाई दिदै

  काठमाडौँ । काठमाडौँ महानगरपालिले आजबाट सुरु ६० देखि ६४ बर्ष उमेरसमूहका करीब १ लाख नागरिकलाई कोविडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाइ दिदै अभियान सञ्चालन गरेको छ । नेपाल सरकारसँग समन्वय गरेर महानगरपालिकाको व्यवस्थापनमा सुरु गरेको यो चरणको खोप एक लाखलाई दिने लक्ष्य रहेको महानगर प्रमुख बिद्या सुन्दर शाक्यले बताउनु भयो। उनका अनुशार विगतका […]

मन्त्रीपरिषद विस्तार बिरुद्द परेको रिटमा आज सुवाई हुने

  काठमाडौँ। सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद विस्तार बिरुद्द परेको रितमाथि आज सुनुवाइ हुँने भएको छ । संसद विघटन पछि निर्वाचनको घोषणा गरेर कामचलाउ बनेको सरकारले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार गरेको असंबैधानिक कदम भएको भन्दै परेका ६ वटा रिटमा आज सुनुवाइ हुन लागेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले मन्त्रिपरिषद […]

उमेरका आधारमा भेरोसेल खोप लगाउन काठमाडौँ महानगर भित्र तोक्यो यी दिन

काठमाडौँ । भोलि काठमाडौँ महानगर क्षेत्रमा ६४ बर्ष उमेरका व्यक्तिलाई कोविड विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइँदैछ । यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो । खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो । […]

भोलि ६४ बर्षका व्यक्तिलाई भेरो सेल खोप यी काठमाडौँ महानगरका केन्द्रहरुबात लगाइने

काठमाडौँ । भोलिबाट सञ्चालन हुने कोविड विरुद्धको खोप चलाउन काठमाडौँ महानगरले ३२ वटा खोप केन्द्र तोकेको छ । ती केन्द्रहरुमा भोलि ६४ बर्ष उमेरका व्यक्तिलाई कोविड विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइँदैछ । यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो । खोप कार्यक्रममा भीड […]

संबैधानिक इजलाश आज स्थगित

  काठमाडौँ। प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरूमाथिको आज हुने भनिएको संवैधानिक इजलास स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई जानकारी दिए पछि उक्त इजलाश स्थगित भएको हो। आइतबार महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलले पुनर्गठित इजलासमा […]

काठमाडौँ महानगर आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न वडामै पुग्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने बताउनु भएको छ । राष्ट्रिय सभागृहमा बसेको ६१ औँ कार्यपालिका बैठकलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । ‘हाम्रो कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम र बजेट […]

संवैधानिक इजलास स्थगित

काठमाडौं। प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी आइतबार बसेको संवैधानिक इजलास स्थगित भएको छ । इजलास शुरु हुनासाथ सरकार पक्षका चार वकिलले ११ जना न्यायाधीशमाथि विभिन्न प्रश्न उठाउँदै संवैधानिक इजलासमा बस्न नमिल्ने जिकिर सहित निवेदन पेस गरेपछि बहस बिषय प्रवेश भन्दा अन्यत्रै […]

ओलीको वार्ता भ्रममा पार्ने चाल,भ्रममा नपर्न कार्यकर्ता पंक्तिलाई नेपाल समूहले गरे आग्रह

काठमाडौ। नेकपा एमालेको माधवकुमार नेपाल समूहले केपी शर्मा ओलीको वार्ता भ्रममा पार्ने चाल मात्र भएको भन्दै भ्रममा नपर्न कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन्। सो समुहले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतसमक्ष गरिएका हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेको छ। देशमा अनिष्ट हुन नदिन र राजनीतिक स्थायित्व कायम गर्नको लागि देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध सबै […]