ओलीको वार्ता भ्रममा पार्ने चाल,भ्रममा नपर्न कार्यकर्ता पंक्तिलाई नेपाल समूहले गरे आग्रह

काठमाडौ। नेकपा एमालेको माधवकुमार नेपाल समूहले केपी शर्मा ओलीको वार्ता भ्रममा पार्ने चाल मात्र भएको भन्दै भ्रममा नपर्न कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन्। सो समुहले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतसमक्ष गरिएका हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेको छ।
देशमा अनिष्ट हुन नदिन र राजनीतिक स्थायित्व कायम गर्नको लागि देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध सबै वामपन्थी र लोकतन्त्रवादी दल, नागरिक समाज, प्रबुद्ध समुदाय एवम् राजनीतिककर्मीहरुका बीच एकता, पारस्परिक विश्वास र समझदारी कायम गरी अगाडि बढ्नु आवश्यक भएको उक्त समूहको स्थायी कमिटी बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।

यस्तै ओलीले वार्ताका नाममा भ्रम मात्र सिर्जना गरिरहेकाले त्यसमा पनि सजग हुन कार्यकर्ता पंक्तिलाई आग्रह गरेको छ। पार्टी एकताका लागि लिखित रुपमा दिएको पत्रमा उल्लिखित माग पूरा नभएसम्म वार्ता समय कटाउने चाल मात्र रहेकाले चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न पनि सबैसँग सो समुहले आग्रह गरेको छ।

Loading...