संवैधानिक इजलास स्थगित

काठमाडौं। प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी आइतबार बसेको संवैधानिक इजलास स्थगित भएको छ ।

इजलास शुरु हुनासाथ सरकार पक्षका चार वकिलले ११ जना न्यायाधीशमाथि विभिन्न प्रश्न उठाउँदै संवैधानिक इजलासमा बस्न नमिल्ने जिकिर सहित निवेदन पेस गरेपछि बहस बिषय प्रवेश भन्दा अन्यत्रै मोडिएको थियो ।

महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलले पुनर्गठित इजलासमा दोहोरिएका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको सन्दर्भमा प्रश्न उठाएपछि मुद्दामा प्रवेश हुन नपाएको हो ।

यस अघि प्रधानन्यायाधीश रानालेले सबै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी पेश भएको निवेदनमा मानहानीको कसुर लाग्ने चेतावनी दिएको बिषयमा आजको बहस केन्द्रित भएको थियो । खाजा समयका लागि रोकिएको बहस पुन्ह सुचारु हुदा सरकार पक्षका वकिलले बोल्न अगावै बेञ्चबाट रोकिएको थियो ।  सोमबार पुन्ह रिटहरूमाथिको सुनुवाइ हुने भंएको छ। 

Loading...