संबैधानिक इजलाश आज स्थगित

 

काठमाडौँ। प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरूमाथिको आज हुने भनिएको संवैधानिक इजलास स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई जानकारी दिए पछि उक्त इजलाश स्थगित भएको हो। आइतबार महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलले पुनर्गठित इजलासमा दोहोरिएका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको सन्दर्भमा प्रश्न उठाएपछि मुद्दामा प्रवेश हुन नपाइ खाजा समयका लागि रोकिएको बहस पुन्ह सुचारु हुदा सरकार पक्षका वकिलले बोल्न अगावै हेर्दा हेर्दैमा रहने गरि स्थगित गरिएको थियो।

 

Loading...