मन्त्रीपरिषद विस्तार बिरुद्द परेको रिटमा आज सुवाई हुने

 

काठमाडौँ। सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद विस्तार बिरुद्द परेको रितमाथि आज सुनुवाइ हुँने भएको छ ।

संसद विघटन पछि निर्वाचनको घोषणा गरेर कामचलाउ बनेको सरकारले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार गरेको असंबैधानिक कदम भएको भन्दै परेका ६ वटा रिटमा आज सुनुवाइ हुन लागेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा छट्टाछुट्टै रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चले आजको सुनुवाइले अन्तरिम आदेश जारी गरेको अवस्थामा प्रधानमन्त्री ओलीले शुक्रबार जनता समाजवादी पार्टीको महन्थ ठाकुर, राजेन्द्र महतो समूहका १० र एमालेका दुई जना सहित बनेका मन्त्रीहरुको पद गुम्ने अवस्था देखिएको छ ।

Loading...