काठमाडौ । नेपाल कुशवाहा कल्याण समाज काठमाडौं उपत्यकाको कार्यसमितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । शनिबार गौशालामा सम्पन्न ८ औं अधिवेशनले निरन्जन महतोको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा शम्भु प्रसाद कुशवाहा र महिला उपाध्यक्षमा प्रमिला महतो निर्वाचित भएका छन् ।
कार्यसमितिको सचिवमा ज्ञानकुमार कुशवाहा र सहसचिवमा जीवछ महतो निर्वाचित भएका छन् भने कोषाध्यक्षमा रामबृक्ष महतो निर्वाचित भएका बताइएको छ ।
सिङ्गो २५ सदस्यीय कार्यसमिति नै निर्विरोध निर्वाचित भएको नव निर्वाचित सहसचिव जीवछ महतोले जानकारी गराएका छन् ।
कुशवाहा समुदायको उत्थान र हित अभिबृद्धिका साथै दु:ख सुखमा साथ दिने नै समाजको प्रमुख उदेश्य रहेको उनले जनाएका छन् ।