काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा पुगेका राजावादीहरुले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीर प्रदर्शन गरेपछि यसलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ ।
लामोसमयसम्म पोखराको बसाईपछि आइतबार काठमाडौँमा फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न उनका सर्मथक आदित्यनाथको पोष्टर बोकेर पुगेका थिए ।
आदित्यनाथको पोष्टरमा राज संस्था पुन: स्थापना गरौँ भन्ने नारा उल्लेख गरिएको थियो ।
आदित्यनाथ र ज्ञानेन्द्रको ठुलो पोष्टर बनाएर राजवादीहरु उपस्थित भएपछि अहिले राजावादीहरुको सक्रियतामा उत्तरप्रदेशका मुख्यमन्त्रीको सहयोग रहेको प्रचार गर्न खोजिएको विश्लेषण गरिएको छ । पूर्वराजा ज्ञानेन्द्रले पनि पटक पटक आदित्यनाथसँग उत्तर प्रदेश पुगेरै भेट गर्ने गरेका छन् । पछिल्लो समय राजावादीलाई उनकै आश भएको आशंका गरिएको छ ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहलाई भब्य स्वागत गरिएको छ । आइतबार अपराह्न त्रिभुवन विमानस्थलमा ओर्लिएका उनलाई उनका समर्थकले भब्य स्वागत गरेका छन् ।
त्रिभुवन विमानस्थल अगाडि उनलाई राप्रपा, राप्रपा नेपाललगायत दलका नेता कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागत गरेका हुन् ।
त्रिभुवन विमानस्थलबाहिर ठूलो संख्यामा रहेका उनका समर्थकले उनको जयजयकार गर्दै पछि लागेका थिए ।