पतिपत्नी सवार मोटरसाइकल दुर्घटना हुँदा पत्नीको गयो ज्यान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बनदेउ चौतारा सडकको जल्केनीमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार मोटरसाइकल दुर्घटना हुँदा पत्नीको ज्यान गएको हो ।

बनदेउबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प ९५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०१-००६ ख २७१६ नम्बरको टिपर जल्केनी मोडमा भेट हुँदा मोटसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेका चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ की इन्दिरा अधिकारी रहेकी छन् । उनी श्रीमान् सन्तोष दुलालले चलाएको मोटरसाइकलको पछाडि सवार थिइन् । चौतारा अस्पतालमा उनको निधन भएको थियो ।

टिपर चालक चौतारा साँगाचोकगढी नगरपालिका-११ का मनोहरी गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।