बोडेको जिब्रो छेड्ने जात्रा र थिमीको तेत्तीस कोटी खटयात्रा , यस्तो छ किम्वदन्ती

बैशाख २, काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमीस्थित बोडेमा नया वर्षको दोस्रो दिन सिन्दुर तथा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ । जिब्रो छेड्ने जात्रालाई सहकालको देउताको रूपमा मान्ने गरिन्छ । रोग ब्याधी नलागोस्, बालीनाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउन भन्ने प्राथना गर्दै सहकालका देउताको प्रर्थना गर्ने परम्परा रहेको छ । यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउदै  छन्। 

यस्तो छ किम्वदन्ती – 

मध्यपुर थिमीको बोडे स्थित शंखकोटमा दिनमा जंगली जनावर र रातमा भूतप्रेतले दु:ख दिनथाले पछी सम्पूर्ण देशवासी खेतको बिचमा बस्ती बिस्तार गरि बुं दे अर्थात् खेतको बिचहमा बस्ति बसाए छन् – खेतको बिचमा बस्ति राख्दा पनि भुतप्रेत खयाक्ले दु:ख दिने र बालबालिका खान नछाड्दा पिडितहरु देवपतन स्थित तान्त्रिक बन्धुदत्त कर्माचार्यका छोरा भिमदत्त समक्ष् समस्याको समाधान गर्न पुगेछन ।   भीमदत्तले बस्तीको चारैतिर छोडी एकमहिना कसैलाई खेतमा नजान उर्दी जारि गरे तव मनोहरा नदीको किनारै किनार बोडे पसेका पिशाच तारणमा फसेछन् ।  लामो जिङ्ग्रीङ्ग परेको सुइरो जस्तो कपाल,रातो लामो ,मोतो जिब्रो , ठुला – ठुला डरलाग्दा आँखा भएका पिशाच्लाई पक्रिएर केरकार गर्दा नीलबाराही देवताको दाहिने ख्याक भएको बताएछन् ।   तान्तिक भीमदत्तले तारण बाँधिएकै अवस्थामा ख्याकको कपाल काटी जबर्जस्ति जिब्रोमा सियो धोचेर सजाय दिनुका साथै भागेर जाला भनि खुट्टामा घुङुगुरु बाँधी काँधमा महाद्रिप बोकाइ देश परिक्रमा गराए छन्  । 

बेज्जत र बेदना खप्न नसकी ख्याकले अबउप्रान्त कसैलाई दु:ख नदिने, बरु प्रत्यक बर्ष जिब्रो छेड्न आउने , बोडेवासीलाई रोग , अनिकाल , अनावृष्टि र महाभूकम्प जस्ता प्राकृतिक प्रकोपबात बचाउनुका साथै एक छाक खाना कहिल्यै दु :ख नहुने स्थिति सिर्जना गरिदिने बाचा गरेछन ।   बाचा गरे छाडेका भिम दत्तलाइ सपनामा निलाबराही अजिमाले रिसाउदै भनेछन ‘ तिमीले मेरो दाहिने ख्याक्प्रती अपमान गर्यौ , मतिलाई छाड्ने छैन ’ सपनाको प्रकोप नपरोस भनि भीमदत्तका वंशजले जिब्रो छेड्ने र नीलबाराहीमा क्षमापुजा गरि प्रत्यक बर्षको महालक्ष्मी देवीमा म्हपुजा चढाउने प्रचलन कायेमै रहेको छ  ।   

    यस दिन पांच गणेश, महालक्ष्मी, नगदेश सिद्दी गणेश ,थिमी विष्णु देवी लगाएत ३२ खतको विशाल सिन्दुरे जात्रा हुने गर्दछ ।

 

 

 

 

 

नेपाल जात्रा सस्कृति बात – 

Loading...