न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ

 बैसाख २ ,काठमाडौं ।  काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ गरिएको छ । आज नयाँ वर्षको अवसर पारेर न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक उद्घाटन गरिएको हो । फोर नाइन बागलुङ ज्वेलर्सका प्रोपाइटर अमिर सुनारका पिता साथै चितवन नारायणगढस्थित बागलुङ ज्वेलर्सका संचालक टिकाराम सुनारले रिवन काटेर पसलको समुद्घाटन गर्नुभयो । आज विहान विधिवत् पूजाआजा पछि रिवन काटेर पसलको समुद्घान गरिएको थियो । यस गहना पसलबाट केही समय अगाडी नै सेवा शुरु भइसकेको भएपनि औपचारिक उद्घाटन भने बाँकि थियो । आज नयाँ वर्षको शुभ दिन पारेर पसलको औपचारिक उद्घाटन गरिएको हो ।
शुद्धता हाम्रा प्रतिवद्धता नारा दिइएको यस पसलबाट गरगहना साथै अन्य सामग्री खरिद गर्दा २४ क्यारेटको शुद्ध सुन पाइने दावी गरिएको छ । ‘हाम्रो सेवामा शुद्धतालाई प्राथमिकतामा राखेका छौं । नाफा थोरै मात्र खाउँला, विस्तारै खाउँला । शुद्धतामा हामी सम्झौता गर्नेछैनौं । शुद्धताको पहिचान दिन नै पसलको नाम समेत फोर नाइन भनेरै राखेको हो’ सुनारले भन्नुभयो ।
२९ वर्षीय ज्वेलरी व्यवसायी सुनारले यस अघि चितवनमा बागलुङ ज्वेलर्सको शुरुवात गरेका थिए । सो समयमा अपेक्षा अनुसार व्यवसाय अगाडी बढ्न नसकेपछि उनी कतार पुगेका थिए । कतारमा १६ महिना सुरक्षा गार्डको काम गरी नेपाल फर्केर बागलुङ ज्वेलर्सलाई पनि नयाँ ढङ्गले अगाडी बढाएका थिए भने चितवनमै फोर नाइन बागलुङ ज्वेलर्सकै नामबाट ज्वेलरी पसल शुरु गरेका थिए । काठमाडौंमा व्यवसायको विस्तार गर्ने क्रममा सुनारले न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात गरेका हुन् । अब विदेशमा सिकेको ज्ञान र अनुभवलाई आफ्नै मातृभुमिमा सदुपयोग गर्दै देशको अर्थतन्त्रमा टेवा पु¥याउनुका साथै रोजगारीको अवसर श्रृजना गर्ने आफ्नो उद्देश्य रहेको सुनारले बताए । ‘विदेशी भूमिमा जीवनलाई बुझियो, जीवन जिउन सिकियो । विदेशमा सिकियो, अब देशलाई दिने हो । नेपालमै अवसरको श्रृजना गर्ने र देश विकासमा केही योगदान दिनको लागि काम गर्नेछु’ सुनारको भनाई हो ।
पसलको शुभारम्भको अवसरमा ज्यालामा ५० प्रतिशत छुटको सुविधा दिइएको छ । यो छुटको सुविधा आउँदो वैसाख १५ गतेसम्म लिन सकिने प्रोप्राइटर अमीर सुनारले जानकारी दिनुभयो ।

Loading...