४१ अर्ब डलरमा ट्विटर किन्ने इलोन मस्कको प्रस्ताव

काठमाडौँ । संसारकै धनी इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर पूरै खरिद गर्ने प्रस्ताव गरेका छन्।

मस्कले ४१ अर्ब अमेरिकी डलर ट्विटर खरिदमा खर्चिन तयार भएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरको ९ प्रतिशतभन्दा धेरै सेयर खरिद गरेर भर्खरै ठूलो लगानीकर्ता बनेका मस्कले यसअघि ट्विटरको बोर्डमा बस्न अस्वीकार गरेका थिए।

मस्कले सोलगत्तै पूरै खरिदको प्रस्ताव गरेको रोयटर्सले जनाएको छ। यसअनुसार उनले ट्विटरको प्रतिकित्ता सेयर ५४.२० अमेरिकी डलर प्रस्ताव गरेका छन्।

बिहीबार नियामकीय निकायमा पेस गरेको कागजातले मस्कको खरिद प्रस्तावबारे खुलासा भएको हो। मस्कको प्रस्तावपछि ट्विटरको सेयर १२ प्रतिशतले बढेको बताइएको छ। उनले ट्विटर एक निजी कम्पनीमा रुपान्तरित हुनुपर्ने जनाउँदै ट्विटरका प्रमुख ब्रेट टेलरलाई पत्र समेत लेखेका छन्।

‘मेरो अफर उपयुक्त र अन्तिम छ र यदि अस्वीकृत भयो भने मैले सेयरसदस्यको पदबारे पनि विचार गर्नुपर्ने हुनसक्छ’, मस्कले भनेका छन्।

Loading...