सडकमा माग्न छोडिएका ५५ बालबालिकाको उद्दार

बैशाख ३,काठमाडौँ – 

काठमाडौं उपत्यकाका विभिन्न सार्वजनिक स्थानमा पैसा माग्न प्रायोग गरिएका  ५५ जना सडक बालबालिकाको उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले शुक्रबार उनीहरुको उद्दार गरेको हो ।

उद्दार गरिएकामा  ३३ जना बालक र २२ जना बालिका गरी ५५ जनाको उद्दार गरी बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको छ  को हो । 

सडक पेटीमा छेउमा  बाटामा हिड्ने संग पैसा माग्न प्रयोग गरिएका स-साना बालबालिकाहरुलाई   महानगरीय प्रहरी परिसर काठमाडौँ नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरुबाट संयुक्त रुपमा प्रहरी परिचालन गरी  उद्दार गरिएको हो ।  उनीहरुले सडक यात्रुहरूसँग माग्दै हैरानी दिनुका साथै आवागमनमा समेत अवरोध पुर्याउदै आएका थिए ।

 

सम्बन्धित यस अधिको समाचार –

अवोधता भित्र लुकाईएका खुल्ला अपराध , लठ्थियाइयका बालबालिका देखाई माग्ने शैली

तलको लिंकमा क्लिक गर्नु होला – 

https://nonstopkhabar.com/archives/65093?fbclid=IwAR3URMYMskoAHjOhFTkS_8CGPVLPAPFFGJ74m8cp2ZbKvJCsdwlbojVmobk    

 

Loading...