हाँडी गाउँ त्वर द्य: ( टुँडालदेवी ) गहना खोज्ने जात्रा आज , यस्तो छ किम्वदन्ती

                                                  फोटो सौजन्य – निशम प्रजापति

बैशाख ३,काठमाडौँ। प्रत्यक बर्ष चैतशुक्ल पूर्णिमामा हाडीगाउ स्थत पोखरीमा गहना खोज्ने जात्रा आज मनाइदै छ। गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ।

टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी मपता अजिमा ( भातभटेनी ) आमालाइ भेत्न जाँदा आमा टुडालदेवी आफ्नो पोडे नाठो संग घुम्न हिंडीरहेको देखि रिसाएर फर्किदाको बेला गहना हराएको आख्यान संग सम्बन्धित रहेर यो जात्रा मानिने गरिन्छ।

टुँडालदेवी ( त्वर:अजिमा )ले पोखरीमा तीन पल्ट परिक्रमा लगाईरहदा टुँडालदेवीको अर्को खट मानेखट ( माख:)ले पोखरीको परिक्रमा गरिने गर्दछ। देवीलाई भक्तजन गुथियार्हरुले योम्हरी,चतामरी ,सिसाबुसा ( गेदागुडी )ले पुजा गरि तृतीयाका दिन जात्रा समापन हुने गर्छ।

Loading...