टिकाभैरव ( त्याङ्का भैरव ) जात्रा आज , यस्तो छ आख्यान

बैशाख ३,काठमाडौँ। प्रत्यक बर्ष चैत्र शुक्लपुर्णिमाका दिन ललितपुरको लेले स्थित टिका भैरव जात्रा आज हुदै छ। धान खेतीमा सम्लग्न प्राय सबै किसान सहभागी हुने त्याङ्का भैरवलाइ चपागाउ स्थित द्य: छे ( देव घर )बात दुइ जनाले बोकी बाजागाजा सहित भैरव पीठमा प्रतिस्थापित गराए पछि खत गात्रा विधिवत शुरुवात हुने गर्दछ। यस दिन पहरी नेवा: परिवारले बाख्री र बोका बलि दिई टिका भैरवको पुजा गर्दछ भने, बालकुमारी देवस्थलको बाटो देखाउन जाने प्रचलन पाइन्छ।

यस्तो छ आख्यान-
बज्रबाराही स्थित सेराफाटमा केराउको बालि कुर्न पुगेकी बालकुमारी ( ज्यापुनी )को रुपबात आकर्षित भै टिका भैरव बीच प्रेम बस्दछ।
प्रेममिलाप बीच बलाकुमारिको सहयोगी भएका टिकाभैरवले अलौकिक ढुंगाले आनन्दवन डांडामाथिको घाँस डाँडाको टारमा नै बसेर काटिदिन्छ , र सक्कली भयङ्कर रुप देखाउदा डराएर लुक्न गईछन्। ढिलो गरि नआएकी छोरी छोरी बालकुमारिलाई खोज्न हिड्ने परम्परालाइ आधार मान्दै टिका भैरव जात्रा हुने गरेको पाइन्छ। जुन मान्यतालाई आत्मसाथ् गर्दै मानाइने  जात्रामा सहभागीलाई ‘ लाता बजी ‘ भन्दै बोकाको मासु को झोल संग चिउरा बाँड्ने गरिन्छ। यो चिउरा खानाले पेट दु:खेको निको हुन्छ ,भन्ने मान्यता पाइन्छ। जात्रामा टिकाभैरवकि जेठी श्रीमती लेलेकि राजकुमारी र कान्छी चाँपागाउँकि बालकुमारी भनि मानिन्छ। यी देवी – देवतालाइ श्रावण महिनामा छुस्या मुस्या ( मकै भटमास , गेडागुडी ) चढाउन जाने गरिन्छ।

Loading...