काष्ठमण्डप पुनर्निर्माण सम्पन्न नजिक

मंसिर १७,काठमाडौं । २०७२ सालको महाभूकम्पले पूर्णरुपमा भत्केको काष्ठमण्डप पुनर्निर्माण सम्पन्न नजिक पुगेको छ । काष्ठमण्डप पुनः निर्माण बारे जानकारी दिन काष्ठमण्डप पुननिर्माण समितिले आज पत्रकार सम्मेलन गरि कुल लागत खर्च , निर्माण पक्ष् , धार्मिक मान्यताको पक्ष् लगाएतका बारेमा बिषेसज्ञ टोलि सम्मिलित सार्वजनिक सुनुवाई गर्दै माघ सम्म पूर्ण सम्पन्न गर्ने जानकारी दिएको छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवम् प्रदेश सांसद राजेश शाक्यले परम्परागत शैलिमा पुनर्निर्माण भइरहेको यस निर्माणले सातौ शताव्धिमा निर्माण भएको सम्पदा पुरानै शैलीमा निर्मा गर्न सकिने नमुना दिन सफल भएको बताउनु भयो।

शाक्यले भन्नु भयो ‘‘पुननिर्माणका लागि काठमाडौं महानगरले विभिन्न चरणमा ११ करोड ५० लाख रकम रुपैयाँ सहयोग गरेको छ । भित्रि सबै काम सकिएको छ । बाहिरको केही काम बाँकी छ । अब परम्परा अनुसार यही महिनामै उद्धघाटनको साइत निकालेर उद्धघाटन गर्छौं,” ।

२०७५ सालदेखि पुनर्निर्माणको काम सुरु भएको यो सत्तालमा माटो, इँटा र काठ प्रयोगमा पाँचौ र सातौँ शताब्दिको शैलीमा पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माणमा अहिलेसम्म साढे ११ करोड भन्दा बढी खर्च भइसकेको समितिले जनाएको छ ।

यसै गरि पुनः निर्माण भएको काष्ठमण्डप भित्र चार कुन्नामा गणेश र बिच्चमा गोरख नाथको मूर्तिलाई नयाँ मूर्तिले प्रतिस्थापन गरिएको छ ।
०७२ को महाभूकम्पले काष्ठमण्डप पूर्ण क्षति भएपछी भित्र रहेका यी सबै मुर्तिहरु पनि खण्डित भएका थिए। हाल गोरखनाथ र गणेशका मूर्तिहरू हनुमानढोका दरबार सङ्ग्रहालयमा स्थानान्तरण गरिएको छ भने त्यसको ठाउँमा काष्ठमण्डपमा अहिले निर्माण गरिएका नयाँ मूर्तिहरू प्रतिस्थापन गरिएको हो ।

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले खण्डित भएका मूर्तिको दैनिक गरिने नित्ति पूजालगाएत कार्य गर्न नहुने धार्मिक मान्यताका अनुसार काष्ठमण्डपबाट मूर्तिहरू प्रतिस्थापन गरी नयाँ मूर्ति राखिएको स्पष्ट पार्नुभयो । नयाँ निर्माण गरिएका मूर्तिहरू पुरानै मूर्तिको शैली र आकारमा निर्माण गरिएको हुनाले तिनीहरूको ऐतिहासिक महत्त्वमा कुनै कमी नआउने र इतिहासको समेत संरक्षण हुने उहाले बताउनु भयो।

Loading...