नेपाली महिलालाई रोजगारी दिने उद्देश्यले ‘इम्ब्रोइडरी थाङ्का’ तालिम सुभारम्भ

काठमाडौँ । एकहजार नेपाली महिलालाई रोजगारी दिने उद्देश्यले ‘इम्ब्रोइडरी थाङ्का’ तालिमको सुरूवात भएको छ । नेपाल विश्वकर्मा आर्टस् एण्ड क्राफ्ट्स प्रालि, बौद्धले बुधवारदेखि उक्त तालिमको सुरूवात गरेको हो । कपडामा विभिन्न रङ्गका धागोले इम्ब्रोइडरी गरी बनाइने थाङ्का तालिमको उद्घाटनका लागि चीनका प्रशिक्षकहरू भर्चुअल माध्यमबाट जोडिनुभएको हो ।
सो प्रालिमार्फत चीनका प्रशिक्षकहरुले नेपाली महिला÷किशोरीलाई तालिम दिएर उत्पादन भएका सामग्री बजारीकरणका लागि चीनियाँ नागरिक ढोमा घ्यापले सहकार्य गर्ने नेपाल विश्वकर्मा आर्ट्स प्रालिका व्यवस्थापक दावा लामाले जानकारी दिनुभयो ।
उहाँले हातले कपडामा बुट्टा भर्ने यस तालिममा सहभागीलाई ६ महिनासम्म प्रशिक्षण दिने बताउनुभयो । काम सिकेपछि कार्यालयमा आएर काम गर्न चाहनेका लागि रोजगारी दिने र नचाहनेले घर–घरमै आफ्नो घरायसी काम सकेर बुनेर दिन सक्छन्, त्यसको उचित मुल्य पाउने लामाले बताउनुभयो । थाङ्का बनाउन कच्चा पदार्थ पनि कम्पनीले नै व्यवस्था गर्ने व्यवस्थापक लामाले बताउनुभयो । कोभिड–१९ सुरू हुनुभन्दा अगाडि नै तालिम दिने तयारी गरिएकोमा महामारीका कारण रोकिएकोले बुधवार तालिमको उद्घाटन गरिएको प्रालिले जनाएको छ ।
राष्ट्रिय विभुती अरनिको र हरिततारा भृकुटीकालदेखि नै स्थापित नेपाल चीन सम्वन्धलाई जनस्तरबाटै व्यापक बनाउँदै लाने उदेश्यका साथ सो अभियान थालिएको हो । नेपालमै प्रार्दुभाव भई लोपोन्मुख स्थितिमा रहेको ईम्व्रोईडरी थान्कालाई चाईनामा संरक्षण र पुर्नजागरणपछि नेपाल र नेपाली जनता माझ पुर्नस्थपित गर्न पहिलो चरणमा तालिम दिने र त्यसबाट उत्कृष्टलाई रोजगरी दिईने तय भएको छ । क्राफ्टसका सम्पर्क अधिकृत दावा लामा भन्नुहुन्छ ,तालिमका आवश्यक कच्चा पदार्थ ,ठाउँ र प्रशिक्षक समेत ईम्व्रोईडरी थान्का चाईनाले उपलव्ध गराउने छ । विशेषगरी वेरोजगार महिलाको उत्थान र लोपोन्मुख ईन्ब्रोईडरी थान्का प्रविधिको प्रवद्र्धनका लागि नेपाली विद्यार्थीहरुबाट उत्पादित थान्कालाई कोरोना लक दाउन अगाडि पोखरा ,ललितपुरको पाटन दरवार, भगवान बुद्धको जन्मस्थल लुम्विनी मा प्रर्दशन भैसकेको फोटो संयोजक विनोद कार्कीले जानकारी गराउनुभयो ।
तालिम प्राप्त पछि घर घरैमा बसि थान्का बनाउन सकिने छ भने ईम्व्रोईडरी थान्का एक लाख ५० हजार देखि ५० लाख रुपियाँ सम्मको हुने हुदापनि घरायसी महिलाको लागि यो ठुलो अवसर भएको बताईयो । चाईनिज राष्ट्रपति सिजिन पिङको नेपाल भ्रमणहुँदा भएको प्रतिवद्धता मध्येको यो तालिमपनि एक भएको स्पष्ट पार्दै तालिम लिन आवत जावतमा समस्या भए खाने बस्ने समेतको प्रवन्ध अभियानले गर्ने समेत कार्यक्रममा बताईयो । ३२ र २४ ईन्चको सबैभन्दा सानो थान्का ३० हजार रुपियाँमा तत्काल बेच्न सकेको स्पष्ट पार्दै यस अभियान मार्फत बार्षिक एक अर्व सम्मको नेपाली थान्का चाईनाको वजारमा पुर्याउने लक्ष्य राखिएको छ । पदम श्रेष्ठ ९८४१४७०३२८

 

Loading...