ओमिक्रोन संक्रमण भित्रिन नदिन कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकामा उच्च सतर्कता


कञ्चनपुर ,मङ्सिर १७ गते । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन’ नेपालमा भित्रिन बात रोक्न पश्चिमको कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकामा उच्च सतर्कता अपनाइएको छ ।

दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन’ भारतमा पनि देखिन थालेपछि सबैभन्दा बढी जोखिम मानिएको कञ्चनपुर तथा कैलालीमा पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुर कार्यालयका अनुसार ओमिक्रोन फैलन नदिन सीमानाकामा कोरोना परीक्षण गर्ने र नाकामै खोप लगाउने व्यवस्था गरिएको छ ।

सो नाकामा गरिएको स्वास्थ्य परीक्षणमा तिहारसम्म संक्रमितको संख्या न्यून देखिएपनि पछिल्लो समय भने बढ्न थालेको छ ।

Loading...