काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकमा भाग लिने प्रतिनिधिहरु छनोट गरेको छ ।
बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले श्रीकृष्ण अधिकारी विवेक (नुवाको), गगन खड्का (जाजरकोट), पारसमणी ९रुकुम पश्चिम० र रत्न ढकाललाई चयन गरेको हो ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार अन्यप्रतिनिधहरुमा नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट, रन्जित तामाङ, तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, दिपक देवकोटा र विजय गौतम रहेका छन् ।
माओवादीको स्थायी कमिटी बैठक शुक्रबार पनि बस्ने भएको छ । सो पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म राजधानीमा हुँदैछ ।