राप्रपा को नयाँ नेतृत्व चयनका लागि मतदान जारि

मङ्सिर १८,काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।काठमाडौँमा जारि राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न आज बिहान आठ बजेदेखि मतदान सुरु भएको हो ।

राप्रपामा नयाँ नेतृत्व चयका लागि अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि आज निर्वाचन भइरहेको छ । अध्यक्ष पदका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देन चुनावी प्रतिस्पर्धामा रहनु भएको छ । अध्यक्षका लागि मतपत्रबाट मतदान हुनेछ भने पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ  ।

यसैगरी, पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् ।

Loading...