सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज विरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर

मङ्सिर १८ ,काठमाडौँ। सिभिल सहकारी चलाएर सहकारीको निक्षेपकर्ताको पैसा दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ। निक्षेप कर्ताको रकम ठगी आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्व अध्यक्ष तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठसहित ४२ जनाविरुद्ध शुकरबार मुद्धा दायर भएको हो।

सरकारी वकिल कार्यालयले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार बढी बिगो दाबीसहित अभियोगपत्र दायर गरेको छ । तामाङले ठगि गरेको भनि १ हजार ५ सय बढी पिडितले प्रहरीमा उजुरी दिएका थिए। यस अघि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले ६० दिन लगाएर अनुसन्धान गरी प्रतिवेदन वकिल कार्यालयलाई बुझाएको थियो।

अदालतले प्रतिवादीहरुसँग शुक्रबार बयान लिने क्रममा सहकारीका अध्यक्ष श्रेष्ठले तामाङको हालीमुहाली हुने गरेको र तामाङले सहकारीबाट ५ लाख रुपैयाँ पारिश्रमिक बुझ्ने गरेका बताए।

सिभिल होम्सलगायतका कम्पनीबाट ५ अर्ब रकम सहकारीलाई तिर्न बाँकी रहेको तामाङले बयानका क्रममा बताएका छन्। भूकम्प र कोरोना महामारीका कारण व्यवसायमा गिरावट आएकाले संस्थालाई साँवा फिर्ता गर्न नसकेको उनको भनाइ छ ।
सिभिल सहकारीले विगत ३ वर्षदेखि बचतकर्तालाई निक्षेप फिर्ता गर्न सकेको छैन। तामाङ र श्रेष्ठसहित १२ जनालाई प्रहरीले गत असोज १८ गते पक्राउ गरेको थियो।

अभियोगपत्रमा जनाइएअनुसार तामाङले २०६३ सालमा हाउजिङ व्यवसाय गर्न सिभिल होम्स प्रालिका नाममा कम्पनी दर्ता गरी हाउजिङ परियोजना सुरु गरेका थिए। ३५ रोपनीभन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीका कारण तामाङले २०६५ सालमा सिभिल अपार्टमेन्ट स्थापना गरेका थिए।

 

 

Loading...