एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेवको आग्रह

काठमाडौँ । राष्ट्रियसभाका सांसद तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपालबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट नेपालको संसदबाट अनुमोदन हुने सम्भावना झन कम हुँदै गएको बताएका छन् ।

उनले सो अनुदान सहयोग सम्बन्धी सम्झौता फिर्ता लिन अमेरिकालाई आग्रह गरेका छन् । बुधबार एक् विज्ञप्ति जारी गर्दै गौतमले एमसीसीका कारण नेपालमा जनमत विभाजित भएको उल्लेख गर्दै त्यसले नेपालको अहित हुने भएकाले नेपालको हित प्रर्वद्धन गर्न अमेरिकाले एकपक्षीय रुपमा भए पनि एमसीसी फिर्ता लिनुपर्ने बताएका छन् ।

उनले नेपाल र अमेरिकाबीच घनिष्ठ सम्बन्ध रहे पनि एमसीसीका कारण अमेरिकाप्रति शंका बढेको उनले उल्लेख गरेका छन् ।

Loading...