पशुपति क्षेत्र बिकाश कोषको गुरुयोजनाको विरोध गर्दै स्थानीय गरे धर्ना

   

असोज १९ ,काठमाडौँ।   पशुपति क्षेत्र विकाश कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको ब्यापक विरोध गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् ।
पशुपतिनाथको प्राचीन सम्पदा ,इतिहास ,सस्कार मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबार बिकाश कोष कार्यालय अगाडी स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । स्थानीय बासीले संघर्ष समितिनै बनाएर पशुपति क्षेत्रका स्थानीय बासिन्दा सरोकार वालाहरु आन्दोलित हुदै आएपछि एक महिनाका लागि गुरु योजना स्थगित गरिएको हो। पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वदेखिको वस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएको संघर्ष समितिका सचिव तथा भण्डारी समाजका अध्क्ष्य केदारमान भण्डारीको आरोप छ । पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १ सय ८ वटा पर्व पूजाबाट प्रचीन बस्ती र धार्मिक महत्त्व बीचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन बस्ती नहटाउन स्थानीयले माग गरेका हुन् ।
गुरुयोजनाले स्थानीय धार्मिक, समाजिक, सांस्कृतिक सम्पदा नष्ट गर्ने भएकाले त्यसको जगेर्नाका लागि गुरुयोजना खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रनुपरेको भण्डारीले बताए । उनले २१ गते बिहान ९ बजे बात ११ सम्म बिकाश कोष घेराउ कार्येक्रम तय भएको बताए।
पशुपति क्षेत्र विकास कोषले गत साउनमा सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ । कोषले तयार पारेको एक सयवर्षे गुरुयोजनाले कालान्तरमा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।
कोषले २०५२ सालमा तयार गरेको पहिलो गुरुयोजना २०५६ सालमा स्वीकृत भएको थियो भने २०५८ सालदेखि लागु भएको थियो । पुरानो योजनाको समीक्षा नगरीकन नयाँ गुरुयोजना तयार पारिएको ले पनि विरोध गर्नुपरेको स्थानीयले बताएका छन् ।
           विश्व सम्पदा सुचिमा सुचिकृत २ सय ६४ हेक्टर क्षेत्रम फैलिएको पाशुपत क्षेत्र करिव ४ सय ९२ वटा मठ मन्दिर ,बिहार चैत्य ,र शिवलिङ्ग १ हजार भन्दा बदी रहेका छन्। काठमाडौँ महानगरपालिका ८ वडामा अवस्थात पाशुपत देवपातन क्षेत्र   ९ x ९ = ८१  को संयोजमा गरि गोपाल वंश तथा किरात कालिन बस्ती हो।
राजा वृषदेव कालिन संवत १०७ महाराजा जयवर्दन उल्लेखित ढुंगे मुर्ति सर्वाधिक प्राचिन शिलालेख मानिएता पनि १४१८ बर्ष अगाडी राजा शिवदेव वर्माले ९ नेवार जाति , ९ कुण्ड , ९ ध्वखा ( द्वार ) , ९ सत्तल , ९ दवाली , ९ ढुंगेधारा आदि अन्य संरचना नौ अंकको संयोजन तयार गरि बस्ति बसालेको कारण यो क्षेत्रलाई नेपाल भाषामा देवपातन र ग्व्ल भनिएको हो।

यो संबंधित समाचार – तलको लिंकमा क्लिक गर्नुहोला  

विकासको नाममा खोकनामा जे भइरहेछ, पशुपति त्यहीसँग जोडिएको छ- गगन थापा

Loading...