कर्मचारीले कार्यकक्षमै कुटे उपसचिव प्रेम सञ्जेललाइ

विराटनगर, १७ साउन । भ्रष्टाचारका विरुद्ध खराे अभिव्यक्ति दिएर चर्चामा अाएका उपसचिव प्रेम सञ्जेलमाथि कुटपिट भएकाे छ । हाल श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका सञ्जेलमाथि कर्मचारीले नै कुटपिट गरेकाे खुलेकाे छ ।

सञ्जेललाइ विदाका दिन शनिवार कुटपिट भएकाे हाे । शनिवार विराटनगर कार्यालयमा करार सेवामा कार्यरत २ महिला कर्मचारीले कुटपिट गर्दा सञ्जेलकाे अनुहारमा चाेटपटक लागेकाे छ । उनीहरुले बिहान करिब ११ बजे कार्यकक्षमै गएर सञ्जेललाइ पञ्चिङ मेसिन, चप्पल, पेपर वेटको डल्लो लगायतले प्रहार गरेको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालारहेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय मोरङले सञ्जेल र कुटपिटमा उत्रने कर्मचारी बीचको विवादबारे बुझ्ने काम भइरहेकाे जनाएकाे छ ।

उपसचिव सञ्जेलसँग छलफल गर्नुछ भन्दै कार्यकक्षमा प्रवेश गरेका उनीहरुले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको प्रहरीलाइ बताएकाे बताएका छन् ।

सञ्जेलले अाफूमाथि सांघातिक अाक्रमण भएकाे बताएका छन् । उनी यसअघि सार्वजनिक विदाका दिन समेत कार्यालयमा काम गर्ने गरेका थिए । 

२०७५ असोजमा विराटनगरको श्रम कार्यालयमा पठाए लगत्तै ७० दिनमै उनको सरुवा गरिएको थियो। त्यसबेला आफूलाई कार्यअवधि नपुगी गैरकानुनी रुपमा हटाएको भन्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले उनको रिट उपर सुनुवाई गर्दा निजामती कर्मचारी ऐन विपरित सरुवा गरेको ठहर गर्दै उनको सरुवा कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

Loading...